क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा चालकविहीन ‘वेमो’ सवारी साधनभित्रै शिशुको जन्म

इनेप्लिज २०८२ मंसिर २६ गते १२:०६ मा प्रकाशित

क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा चालकविहीन सवारी साधन भित्रै शिशुको जन्म भएको छ । चालकबिहिन ट्याक्सी चलाउने प्रतिष्ठान (कम्पनी) वेमो पहिले केही नकारात्मक कारणहरूले चर्चामा आएको थियो । तर, यस हप्ता भने यही वेमो सवारी साधन (ट्याक्सी ) खुसीको खबर को कारणले चर्चामा छ।

गत सोमबार, एक सान फ्रान्सिस्कोकी आमालाई अस्पताल लैजाँदै गर्दा चालकविहीन भाडामा चल्ने ‘रोबोट्याक्सी’ भित्रै शिशुको जन्म भएको छ।

वेमो प्रतिष्ठान का एक प्रवक्ताले बुधबार दिएको बयानअनुसार, ती आमा क्यालिफोर्निया बिश्वबिद्यालय (युनिभर्सिटी अफ क्यालिफोर्निया), सान फ्रान्सिस्को तर्फ जाँदै गर्दा बच्चा जन्माएकी थिइन्।

गूगलको मुख्य कम्पनी अल्फाबेटको स्वामित्वमा रहेको वेमोको यात्रु सहायता टोलीले गाडीभित्र ‘असामान्य गतिविधि’* पत्ता लगाएपछि तत्काल दूरवार्ता गरेर सोधपुछ गर्‍यो । र ,तुरुन्तै ९११आपतकालीन सेवालाई खबर गर्‍यो। एबिसीन्यूजका अनुसार यद्यपि, गाडीले कसरी समस्या थाहा पायो भन्नेबारे वेमोले विस्तृत जानकारी दिन चाहेन।

आपातकालीन सेवा अस्पताल पुग्नुभन्दा पहिले नै सवारी साधन (ट्याक्सी )र यात्रुहरू अस्पतालमा सुरक्षित रूपमा आइपुगेका थिए। अस्पतालकी प्रवक्ताले आमा र शिशुलाई अस्पताल ल्याइएको पुष्टि गरिन्।

वेमोले उक्त यात्रापछि गाडीलाई सफा गर्नका लागि सेवाबाट बाहिर निकालिएको बतायो। यस्तो घटना बिरलै भए पनि यो आफ्ना सवारी साधनहरूमा बच्चा जन्मिएको पहिलो पटक भने नभएको प्रतिष्ठानले जनाएको छ।

“हामी जीवनका ठूला र साना दुवै क्षणहरूका लागि भरपर्दो सवारी साधन बन्न पाएकोमा गर्व गर्छौं।” प्रतिष्ठानले आफ्नो बिज्ञप्तिमा जनाएको छ ।

तस्बिर : कृतिम बुद्धिमत्ता – जेमाइनी एआइ

प्रतिक्रिया