अमेरिकी पावरबल चिट्ठा कसैलाई परेन , अबका महाभाग्यशाली १ बिलियन डलर जित्ने पक्का

इनेप्लिज २०८२ मंसिर २६ गते ११:४७ मा प्रकाशित

गत बुधबार राति खोलिएको पावरबल चिठ्ठाको सबै अङ्क कसैले पनि नमिलाए पछि अब आउदो शनिबार खुल्ने भएको छ । पावरबलका अनुसार, यो चिट्ठा (ज्याकपोट )यो वर्ष दोस्रो पटक १ बिलियन) डलर पुगेको हो। चिठ्ठाको इतिहासमै यो सातौँ सबैभन्दा ठूलो रकम हो।

यो १ बिलियन डलरको चिट्ठाको नगद मूल्य चाहिँ करिब ४६१ मिलियन डलर रहेको छ। बुधबारका दिन खोलिएको तो चिट्ठाको अङ्क क्रमस १०, १६, २९, ३३, र ६९ थिए भने पावरबल अङ्क २२ रहेको थियो।

यो चिठ्ठाको ज्याकपोट अन्तिम पटक सेप्टेम्बर ६ तारिखमा मिजौरी र टेक्ससमा दुईवटा बिजेताले १.७८७ विलयन डलर जिते पछि बाँडेका थिए। यस चिठ्ठाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो चिट्ठा २.०४ बिलियन डलर रहेको थियो, जुन २०२२ को नोभेम्बर ७ मा जितिएको थियो।

यदि कसैले यो चिट्ठा जितेमा बार्षिक किस्ताबन्दीमा या तत्काल एकै पटक नगद लिने सक्ने छन् ।

यो चिट्ठा जित्ने सम्भावना निकै कम हुन्छ किनभने लगभग २९ करोड २० लाखमा १ जनाको मात्र जित्ने मौका हुन्छ ।

पावरबल चिट्ठा खेल्नको लागि २ डलरको टिकट किन्नुपर्छ । आफैले केही अङ्कहरू छान्नुपर्छ नत्र नछाने पनि यन्त्रले आफै दिन्छ । यो चिट्ठा सन् १९९२ मा सुरु भएदेखि अहिलेसम्म यसले लगभग ३६ बिलियन डलर समाज सेवाको लागि पनि जम्मा गरिसकेको छ।

पावरबल चिट्ठा अमेरिकाका ४५ राज्यहरूमा खेलिन्छ । यसका साथै, डिसी,पुर्टो रिको र यू.एस. भर्जिन टापुहरूमा पनि खेल्न पाइन्छ। कुल मिलाएर ४८ स्थानमा पावरबलको टिकट किन्न सकिन्छ। हाल पावरबल टिकट नबेच्ने वा टिकट नभएका पाँच राज्यहरूमा अलाबामा,अलास्का,हवाई,नेभादा र युटाह रहेका छन् ।

प्रतिक्रिया