
अमेरिकी सरकार र भेनेजुएलाबीचको तनाव अहिले ह्वात्तै बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको समुद्री तट नजिकैबाट एक ठूलो तेल ट्याङ्करलाई आफ्नो नियन्त्रणमा लिएको कुरा पुष्टि गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्याङ्कर कब्जा गर्नुको खास कारण नखुलाए पनि धेरै राम्रो कारणले यो काम गरिएको बताएका छन् । ट्याङ्करमा भएको तेल अब के हुन्छ भन्ने प्रश्नमा उनले आफूले राख्ने जवाफ दिएका छन् ।
पछि, अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एउटा श्रब्यदृश्य (भिडियो )सार्वजनिक गर्दै यसको कारण स्पष्ट पारिn । उनको अनुसार यो तेल ट्याङ्करलाई इरान र भेनेजुएलाबाट प्रतिबन्धित तेल ओसारपसार गरेको आरोपमा जफत गरिएको हो। उनले यो ट्याङ्कर लामो समयदेखि आतङ्ककारी सङ्गठनहरूलाई सहयोग पुर्याउने गैरकानुनी तेल व्यापारमा जोडिएको बताइन ।

यता, भेनेजुएला सरकारले यो कदमको कडा शब्दमा निन्दा गरेको छ। भेनेजुएलाले अमेरिकी कार्यलाई अन्तर्राष्ट्रिय डकैतीको कार्य भनेको छ। भेनेजुएलाको सरकारले ट्रम्पको यो कदमले अमेरिकाको वास्तविक नियत उजागर गरेको बताएको छ— जुन आप्रवासन, प्रजातन्त्र वा मानव अधिकार नभएरसधैँ भेनेजुएलाको प्राकृतिक सम्पत्ति र तेल लुट्ने रहेको उनीहरूको आरोप छ।
भेनेजुएलाले यस विषयलाई अन्तर्राष्ट्रिय निकायहरूमा उठाउने (अपील गर्ने) बताएको छ।
प्रतिक्रिया