“मूल्यवृद्धि चिर्दैछु”— ट्रम्पको दमदार घोषणा , महँगी बढेको दोष डेमोक्र्याटलाई लगाए

इनेप्लिज २०८२ मंसिर २५ गते ११:३८ मा प्रकाशित

रिपब्लिकन दललाई आगामी २०२६ मा हुने मध्यावधि चुनावमा जनताको बढ्दो खर्च सम्बन्धी चिन्ताले सताएको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पेन्सिलभेनियाको माउन्ट पोकोनोमा गएर आफ्नो आर्थिक योजनाको बचाउ गर्दै भने “हामी मूल्यवृद्धि चिर्दैछौँ, मूल्यहरू झर्दैछन्।”

पहिले ‘बढ्दो खर्च’ लाई “डेमोक्र्याटिक पार्टीको झुठो नाटक” भन्ने ट्रम्पले ९० मिनेटभन्दा लामो भाषणको उनको ठूलो हिस्सा आफ्नो आर्थिक सफलताहरू चर्चा गर्नमा खर्चिए। उनले भने, “अमेरिकाले फेरि जितिरहेको छ”र “पेन्सिलभेनिया फेरि समृद्ध हुँदैछ।” उनले बेरोजगारी दर कम भएको र पेट्रोलको मूल्य घटेको कुरामा जोड दिए।

ट्रम्पले विदेशी सामानमा लगाएको ट्यारिफ (भन्सार कर)ले अमेरिकी अर्थतन्त्रलाई फाइदा भइरहेको दाबी गरे। उनले आफ्नो ‘ठूलो, सुन्दर बिधेयक ‘ को कर योजना पनि बताए। जसमा योग्य बालबालिकाका लागि सरकारले १,००० सहित लगानी खाता खोल्ने र कामदारलाई बख्सिस (टिप )मा कर छुट दिने योजना छन्।

ट्रम्पले महँगीलाई घटाईरहेको र मूल्यहरू घट्दै गएको दाबी गरे। उनले महँगीको सम्पूर्ण दोष डेमोक्र्याटहरूलाई दिए। भाषणको क्रममा उनी कहिलेकाहीँ मुख्य विषयबाट भट्किएर अध्यागमन र पूर्वराष्ट्रपति जो बाइडेनलाई ‘निन्द्रामा रहेको जो’ भन्ने कि ‘धोकेबाज जो’ भन्दै दर्शक र श्रोताहरूलाई प्रश्न गरे ।

उनले अर्थ सचिव स्कट बेसेन्टलाई मिनेसोटामा सोमाली मूलका मानिसहरू जोडिएको भनिएको एउटा ठगी काण्डको अनुसन्धान गर्न पनि पटक-पटक आग्रह गरे।

प्रतिक्रिया