
एक संघीय न्यायाधीशले मङ्गलबार जेफ्री एप्स्टिनकी लामो समयदेखिकी साथी घिसलेन म्याक्सवेल विरुद्धको यौन बेचबिखनमामिलाका अनुसन्धानसँग सम्बन्धित सबै कागजातहरू अब सार्वजनिक गर्न सकिने मॅगलबार घोषणा गरेको छ।
न्यायाधीश पल ए. इन्गेलमेयरले यो निर्णय दिएका हुन्।
यसअघि गएको नोभेम्बर महिनामा न्याय विभागले न्यूयोर्कका दुई न्यायाधीशलाई म्याक्सवेल र एप्स्टिनका मामिलाहरूसँग जोडिएका धेरै गोप्य प्रमाण र अभिलेखहरू खोल्न अनुरोध गरेको थियो।
एपिका यी कागजातहरू सयौँ वा हजारौँको संख्यामा हुन सक्छन् जुन अहिलेसम्म कसैले पनि देखेको छैन।
यो फैसलाले गर्दा ती सबै अभिलेखहरू अबको १० दिनभित्रै सार्वजनिक हुन सक्नेछन्।
यो निर्णय गत महिना पारित भएको ‘एप्स्टिन फाइल पारदर्शिता ऐन’ नामको नयाँ कानुनपछि आएको हो।
यो नयाँ कानुनले न्याय विभागलाई डिसेम्बर १९ भित्र एप्स्टिनसँग सम्बन्धित सबै अभिलेखहरुलाई खोजी गर्न मिल्ने गरी सार्वजनिक रूपमा उपलब्ध गराउनु पर्ने बाध्यता राखेको छ। यसको अर्थ अब धेरै गोप्य कुराहरू बाहिर आउने सम्भावना रहेको एपिले उल्लेख गरेको छ ।
प्रतिक्रिया