
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धका कारण मारमा परेका किसानहरूलाई सहयोग गर्न १२ बिलियन डलरको ठूलो सहयोग घोषणा गरेका छन्। विशेषगरी चीनसँगको व्यापारमा कर बढाएपछि किसानहरूले आफ्नो बाली बेच्न निकै गाह्रो भोगेका थिए र उनीहरूको लागत पनि बढेको थियो।
सोमबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले यो योजना सार्वजनिक गरे। यस कार्यक्रममा कृषि सचिव ब्रूक रोलिन्स र केही किसानहरू पनि उपस्थित थिए। आयोवाका एक किसान कर्डट होलुबले राष्ट्रपतिलाई धन्यवाद दिँदै भने, “यो सहयोगले गर्दा हामी अर्को वर्ष पनि खेती गर्न सक्षम हुनेछौं।”

कृषि सचिव रोलिन्सले यो सहयोग कार्यक्रमको तत्कालको मूल्य ११ बिलियन डलर रहेको बताएकी छिन्। यो पैसा मुख्य बाली (जस्तै मकै, भटमास) लगाउने किसानहरूलाई एकैचोटी भुक्तानी गरिनेछ। बाँकी १ बिलियन डलर चाहिँ विशेष प्रकारका बाली लगाउने किसानहरूको लागि छुट्याइएको छ। यो राहत रकम फेब्रुअरी महिनाको अन्त्यसम्ममा किसानहरूलाई वितरण गरिनेछ।
ट्रम्पले भने ,यो सहयोगको पैसा चीनबाट उठेको कर राजस्वबाट आउनेछ। ट्रम्पको व्यापार नीतिलाई किसानहरूले पहिले समर्थन गरे पनि, चीनले पनि अमेरिकी बालीमा कर बढाएपछि उनीहरूलाई नोक्सान भएको थियो।
प्रतिक्रिया