
अमेरिकाको क्यालिफोर्निया राज्य स्थित फ्रिमोन्ट सगरमथा लायन्स क्लबको निरीक्षण नेपाली मूलकी प्रथम महिला डीस्ट्रीक्ट 4-C3 का गभर्नर लक्ष्मी चौधरीले हिजो सम्पन्न (Governor’s Club Visiting)गरेको छ।

क्लब निरीक्षण टोलीमा गभर्नर संगै प्रथम उप-डीस्ट्रीक्ट गभर्नर गिरीफीन भेलारी,क्याबिनेट सेक्रेटरी डा.मौरीन पावर्स,रिजन-चेयर सुनिल राज कर्निकार,जोन-चेयर प्रमोद जोशी समेतको सहभागीता रहेको थियो।

कल्ब प्रेसीडेन्ट लायन-लक्षमी राउत चौधरीको अध्यक्षता तथा डीस्ट्रीक्ट गभर्नर लायन-लक्षमी चौधरीको प्रमूख आतिथ्यतामा संचालन भएको निरीक्षण कार्यक्रममा पुर्वजोन-चेयर तथा पर्यटन सद्भावना दुत विजय कुमार चौधरी,समाजसेवी यशोदा लामा,गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका महिल-सचिव रन्जु पाण्डे,कल्ब निवर्तमान अध्यक्ष-कोमल डोटेल पोखरेल,कल्ब प्रथम उपाध्यक्ष सुशिला खनाल,क्लब कोडीनेटर तथा रिजन-चेयर गोविन्द प्रसाद उपाध्य,पुर्व कल्ब सेक्रेटरी विश्वप्रकाश चौधरी,यूथ भोलिएन्टीय द्वय चांदनी लामा र विवेकानन्द चौधरी,शुभेच्छुक द्वय जयनाथ नायक र रूपा नायक समेतको उपस्थिति रहेको थियो।

डीस्ट्रीक्ट गभर्नर लक्ष्मी चौधरीले कल्बका अध्यक्ष-लक्ष्मी राउत चौधरीको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई उच्च मूल्यांकन गर्दै आउंदा दिनहरूमा निरन्तर डीस्ट्रीक्टको तर्फबाट सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।

कार्यक्रमको संचालन लायन-विश्वप्रकाश चौधरीले गरेका थिए भने उपस्तिथ अतिथिहरू सबैले कल्बले गरेको सामाजिक कार्यहरूको उच्च प्रसंशा गर्दै आ-आफ्नो शुभकामना व्यक्त्त गरेको थियो।

प्रतिक्रिया