ट्रम्पको ‘अमेरिका प्रथम ‘ रणनीतिमा रुसको प्रशंसा तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्ति प्रस्ताव नपढेको दाबी

इनेप्लिज २०८२ मंसिर २३ गते १२:०६ मा प्रकाशित

व्हाइट हाउसले गत बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्‍यो, जुन ३३ पृष्ठ लामो छ। यस दस्तावेजले उनको “अमेरिका प्रथम सिद्धान्तलाई प्राथमिकता दिएको छ र अमेरिकी विदेश नीतिलाई नयाँ दिशा दिएको छ। यो दस्तावेजमा युरोपप्रति अप्रत्याशित रूपमा आक्रामक दृष्टिकोण अपनाइएको छ।

रणनीतिमा युरोपेली अधिकारीहरूलाई युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासहरूलाई रोकेको भन्दै दोष लगाइएको छ। अघिल्ला प्रशासनहरूले रुसलाई खतरा भनेर वर्णन गर्ने भाषा यस दस्तावेजबाट हटाइएको छ। बरु, यसमा युरोपेली राष्ट्रहरूले मस्कोलाई “अस्तित्वको खतरा” मान्ने गरेको उल्लेख छ, र वाशिङ्टनलाई रुससँग “रणनीतिक स्थायित्व” कायम गर्ने मुख्य मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरिएको छ।

क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले यस रणनीतिलाई खुलेर स्वागत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरे र उनलाई “शक्तिशाली” भने।

दस्तावेज सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका छन्। ट्रम्पले भने, “हामीले [रुसी] राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेताहरू जेलेन्स्की सहितसँग कुरा गरिरहेका छौं। मैले भन्नैपर्छ, राष्ट्रपति जेलेन्स्कीले केही घण्टा अघिसम्म पनि शान्ति प्रस्ताव पढेका छैनन् भन्ने कुराले मलाई केही निराश बनाएको छ।”

उनले थपे ,रुस सम्पूर्ण युक्रेन चाहन्छ । मस्को शान्ति योजनासँग “ठीक” छ, तर जेलेन्स्की यससँग “ठीक छन् कि छैनन्” भन्नेमा उनी निश्चित छैनन् । ट्रम्पको यो भनाइले युक्रेनको युद्धको समाधानसम्बन्धी वार्तामा नयाँ जटिलता थपेको छ।

प्रतिक्रिया