राष्ट्रपति ट्रम्पद्वारा सोमाली आप्रवासीलाई ‘फोहर’ को संज्ञा ,अमेरिकामा नचाहिने बताए

इनेप्लिज २०८२ मंसिर १८ गते २३:४८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमाली आप्रवासीहरूलाई ‘फोहर’ भन्दै अमेरिकामा उनीहरूलाई स्वीकार गर्न नहुने कडा भनाइ राखेका छन्। ट्रम्प भने ,अमेरिका अहिले ‘टिपिङ्ग प्वाइन्ट’ सङ्कटको मोडमा छ र यदि देशले ‘फोहर’ मानिसहरूलाई भित्र्याइरह्यो भने यो गलत दिशामा जान सक्छ।

ट्रम्पले सोमाली मूलकी अमेरिकी सांसद इल्हान उमरलाई पनि यही ‘फोहर’ को संज्ञा दिएका छन्, जो मिनेसोटा राज्यको प्रतिनिधित्व गर्छिन् र उनि अमेरिकी सांसद हुन् ।

इल्हान उमरले तुरुन्तै सामाजिक सञ्जालमा लेखिन् र भनिन् ,ट्रम्प जतिबेला पनि मेरो पछि लाग्ने वा मेरो बारेमा कुरा गर्ने गर्छन्, यो डरलाग्दो छ।

उनले थप भनिन्, “ट्रम्पलाई सहयोग चाहिएको छ, र मलाई आशा छ उनले त्यो सहयोग पाउनेछन्।”

ट्रम्पको यो कडा टिप्पणी मिनेसोटाका गभर्नर टिम वाल्जसँगको उनको चर्को विवादको बीचमा आएको छ। ट्रम्पले गभर्नर वाल्जलाई राजीनामा दिन आह्वान गरेका छन्।

हालै ‘न्युयोर्क टाइम्स’ पत्रिकाले मिनेसोटामा सोमाली आप्रवासीहरूले राज्यको सामाजिक सेवा प्रणालीमा धोखाधडी गरेको आरोपसहितको एउटा समाचार छापेको थियो। समाचारका अनुसार केही अधिकारीहरूले सोमाली जनसंख्यालाई टाढा राख्न नचाहेकाले कथित घोटालालाई बेवास्ता गरेको हुनसक्छ लेखेको छ

यस विषयमा गभर्नर वाल्जले भने उनी अपराध अनुसन्धानमा सहयोग गर्न तयार छन्, तर ‘आप्रवासीहरूलाई अन्धाधुन्ध निशाना बनाउनु’ सही समाधान होइन। प्रतिनिधि सभा निगरानी समितिले पनि यो घोटालाको विषयमा गभर्नर वाल्ज र महान्यायाधिवक्तासँग डिसेम्बर १७ सम्ममा कागजातहरू मागेको छ।

मिनेपोलिसका नगर प्रमुख जेकब फ्रेले ट्रम्पको भनाइको खण्डन गर्दै शहर सोमाली समुदायको साथमा उभिने बताएका छन्। उनले भने अधिकांश सोमाली आप्रवासीहरू अमेरिकी नागरिक हुन् र उनीहरूलाई असुरक्षित महसुस गराउनु गलत हो। अमेरिकामा १ लाखभन्दा बढी सोमाली मूलका मानिसहरू बसोबास गर्छन्, जसमध्ये धेरै सन् १९९० को दशकको गृहयुद्धपछि शरणार्थीका रूपमा आएका थिए।

प्रतिक्रिया