अमेरिकी अरबपति माइकल डेलद्वारा २ करोड ५० लाख अमेरिकी बालबालिकालाई ६.२५ बिलियन डलर दान

इनेप्लिज २०८२ मंसिर १७ गते १५:२४ मा प्रकाशित
Screenshot

अमेरिकी अरबपति माइकल डेल र उनकी पत्नी सुसान डेलले मंगलबार ६.२५ बिलिचन डलरदान गर्ने घोषणा गरेका छन्।

यो पैसा १० वर्षभन्दा मुनिका २ करोड ५० लाख अमेरिकी बालबालिकालाई नयाँ ‘लगानी खाता’ मा प्रोत्साहन रकम दिन प्रयोग गरिनेछ।

यो दान राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर र खर्च सम्बन्धी कानुनअन्तर्गत बालबालिकाका लागि बनाइएको हो। विगत २५ वर्षमा यति ठूलो रकम (एकैपटक धेरै बिलियन डलर) एकै व्यक्तिले दान दिएको यो अधिक हो ।

गिभिङ ट्युजडेको अवसरमा घोषणा गरिएको यो सहयोग अमेरिकी बालबालिकालाई दिइएको सबैभन्दा ठूलो एकल निजी सहयोगभएको डेल दम्पतीको विश्वास छ।

एपिका अनुसैर यो कार्यक्रम अलि फरक छ किनभने यसलाई ‘ट्रम्प खाता’ भनिएको छ र यो अमेरिकाको ट्रेजरी विभाग (अर्थ विभाग) ले स्थापना गरेर निजी कम्पनीहरूले व्यवस्थापन गर्ने लगानी खाताबाट सञ्चालन हुनेछ।

यो योजना सन् २०२६ को जुलाई ४ (अमेरिकाको २५० औँ स्वतन्त्रता दिवस) बाट सुरु गर्ने योजना छ।

डेलका संस्थापक र प्रमुख कार्यकारी अधिकारी (सिइओ )माइकल डेलले भने, “हामी विश्वास गर्छौं यदि हरेक बच्चाले आफ्नो लागि बचत गर्ने भविष्य देख्न सक्यो भने यो कार्यक्रमले खाता मात्र होइन, आगामी पुस्ताका लागि आशा, अवसर र समृद्धि निर्माण गर्नेछ।” 

उनिहरूको दानबाट योग्यता पुगेका हरेक बच्चाको लगानी खातामा २५० डलर जम्मा गरिनेछ।

प्रतिक्रिया