
डिसीको एक सॅघिय अपिल अदालतले न्युजर्सीका कार्यवाहक यू.एस. अटर्नी( अमेरिकी सरकारी वकिल) कोरूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्व निजी वकिल अलिना हब्बालाई अयोग्य ठहर भएको जिल्ला अदालतको निर्णयलाई पुष्टि गरेको छ।
तेस्रो सर्किट अपिल( जिल्ला ) अदालतको सर्वसम्मत निर्णयले ट्रम्प प्रशासनले सिनेटमा अनुमोदन नपाएका वकिलहरूलाई अस्थायी रूपमा देशभरि सरकारी वकिल( यू.एस. अटर्नी)का पदहरूमा राख्ने प्रयासलाई ठूलो झट्का दिएको छ।
यो मुद्दा न्युजर्सीमा आपराधिक आरोप खेपिरहेका तीन पुरुषहरूले हब्बाको नियुक्तिलाई चुनौती दिएपछि कानुनी लडाई सुरु भएको थियो।
अमेरिकी जिल्ला न्यायाधीश म्याथ्यू ब्रानले अगस्तमा निर्णय सुनाउँदै हब्बा जुलाईदेखि नै कानुनी अधिकारविनै पदमा रहेको बताउँदै उनलाई जारी मुद्दाहरूमा सहभागी हुन नपाइने आदेश दिएका थिए।
न्याय विभागले उक्त निर्णयविरुद्ध अपिल गरे पनि तेस्रो सर्किटले प्रशासनको दाबी अस्वीकार गरिदिएको छ।
यो निर्णय ट्रम्प प्रशासनको अस्थायी यू.एस. अटर्नी ( सरकारी वकिल)नियुक्त गर्ने रणनीतिमा पहिलो ठूलो कानुनी हस्तक्षेप मानिएको छ।
यस वर्ष हब्बालाई १२० दिनका लागि न्युजर्सीको अन्तरिम सरकारी वकिल बनाउन सिफारिस गरिएको थियो।
तर सिनेटले अनुमोदन हुने सम्भावना अत्यन्तै न्यून थियो किनकि न्युजर्सीका दुवै डेमोक्रेट सिनेटर कोरी बुक्कर र एन्ड्र्यु किमले उनको नियुक्तिको खुलेर विरोध गरेका थिए।
प्रतिक्रिया