ट्रम्पद्वारा बाइडनले स्व-हस्ताक्षर कलम(अटोपेन)बाट गरेका सबै आदेशहरु रद्ध , कागजात अब मान्य नहुने

इनेप्लिज २०८२ मंसिर १३ गते २३:०६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडनले ‘अटोपेन’ नामक यन्त्र (स्व-हस्ताक्षर कलम)प्रयोग गरेर हस्ताक्षर गरेका सबै सरकारी आदेशहरू रद्ध गरिदिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेख्दै बाइडनको स्व-हस्ताक्षर कलम प्रयोग गरेर हस्ताक्षर भएको कुनै पनि कागजात अब मान्य नहुने र ती सबै खारेज भएको बताएका छन्।

यो यन्त्र अर्थात् स्व-हस्ताक्षर कलम चलाउनेहरूले गैरकानुनी काम गरेका हुन् भन्दै उनले आरोप लगाएका छन् । उनले यसमा बाइडन आफैं संलग्न थिएनन्। यदि बाइडनले आफू संलग्न भएको दाबी गरेमा, उनलाई झुटो बोलेको आरोप लाग्न सक्ने ट्रम्पले चेतावनी दिएका छन्।

बाइडनले आफ्नो कार्यकालमा १६२ वटा कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए। तीमध्ये कतिवटामा स्व-हस्ताक्षर कलम अ प्रयोग भयो, त्यो स्पष्ट नभएको सिबिएसन्यूजले जनाएको छ । बाइडनले ट्रम्पको यो आरोपलाई ‘ध्यान भड्काउने काम’ मात्र भनेका छन्। बाइडनको भनाइ छ, “मैले नै सबै निर्णयहरू गरेको थिएँ। मैले नजानेर हस्ताक्षर गर्यो भन्नु हास्यास्पद हो।”

स्व-हस्ताक्षर कलम अर्थात् अटोपेन प्रयोग गर्नु अमेरिकी राष्ट्रपतिहरूका लागि नयाँ कुरा भने होइन। सन् २००५ मा पनि राष्ट्रपति जर्ज डब्ल्यू बुशको पालामा कानूनी रूपमा यो प्रयोग गर्न मिल्ने निर्णय भएको थियो।

सिबिएन्यूजले जनाए अनुसार ट्रम्पले पनि आफूले ‘कम महत्त्वपूर्ण कागजातहरू’का लागि स्व-हस्ताक्षर कलम(अटोपेन) प्रयोग गरेको स्वीकार गरेका छन्।

प्रतिक्रिया