क्यानेडियन नेवाः गुठिको २०औँ बार्षिकोत्सब समेबजिको साथै बिभिन्न कार्यक्रमका साथ सम्पन्न

इनेप्लिज २०८२ मंसिर १३ गते ११:२५ मा प्रकाशित

ब्राम्प्टन, बृहत्तर टोरोन्टो क्षेत्रमा नेवाः सस्कृति, भाषा, परम्पराको संरक्षण तथा प्रबर्द्दन उद्देश्यले गत सन २००५ मा स्थापित क्यानेडियन नेवाः गुठिले आफ्नो २०औँ बार्षिकोत्सब समेबजिको साथै बिभिन्न कार्यक्रम साथ सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षतागर्दै गुठिका अध्यक्ष उत्तम माकःजुले नेवाः सस्कृतिको संरक्षण र अभ्यासको साथै समूदायको आबश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले स्थापनाभएको यस संस्था आज सबैको सहयोग बाट बीसबर्ष पूरा गर्न सफल भएको बताउनु हुन्दै सस्कृतिलाई निरन्तरता दिन आफूले जानेका दक्षता तथा ज्ञानलाई युबा पुस्तामा स्थानान्तरण गर्नु आजको आबश्यकता रहेको छ भन्नुभयो।

कार्यक्रमको महत्वबारे प्रकाश पार्दै गुठिका महासचिब डा. प्रज्वल प्रधानले गुठिको २० औँ बार्षिकोत्सब कार्यक्रम समेबजिको साथै युबा समूदायलाई संस्कृति संरक्षण संग जोडने नारा सहित यो कार्यक्रम गर्न लागेको जानकारी दिनु भयो। उपस्थित सबैलाई स्वागत गर्नु गर्दै गुठिका प्रथम उपाध्यक्ष तथा हलिं नेवाः दबूका केन्द्रिय उपाध्यक्ष बिमल श्रेष्ठले गुठिको स्थापना काल देखिनै नेवाः सस्कृतिको प्रबर्द्दन हुने कार्यक्रम गर्दै आएको बताउनु भयो। यसको निरन्तरताको लागि नेवाः संस्कृतिको पहिचान हुने खालको भौतिक संरचना निर्माण गर्नु पर्ने कुरामा जोड दिनु भयो।

कार्यक्रमको ब्राम्प्टन नगरका प्रमुख अतिथि द्वय रिजनल काउन्सिलर मार्टिन मेडिरियस तथा डेनिस केनिनले कलात्मक पानसहरुमा दीप प्र्ज्वलन गरि उदघाटन गर्नु भएको थियो। उदघाटन पश्चात बोल्दै रिजलन काउन्सील र मार्टीन मेडोरियसले ब्राम्पटनको सास्कृतिक बिबिधतामा क्यनेडियन नेवाः गुठिको योगदानको सराहना गर्नु भयो। ब्राम्प्टन नगरले यो कार्यक्रमको लागि सहयोग गरेको र भबिष्यमा पनि सहयोगमा निरन्तरता रहनेछ भन्नु भयो। त्यस्तै गरि अर्का अतिथि रिजनल काउन्सिलर डेनिस केनिनले गुठिले संचालन गरिरहेको कार्यक्रमहरु प्रशंसायोग्य रहेको बताउदै गुठि परिवार प्रति आभार ब्यक्त गर्नु भयो।

कार्यक्रममा गुथिको २०औं बार्षिकोत्सबको उपलक्षमा प्रकाशित “स्मारिका”को प्रमूख अतिथि लगायत गुठिका पदाधिकारीहरुले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो भने गुठिको कृयाकलापमा सहयोग गर्दै आउनु भएकि टोरोन्टो बिस्वबिद्यालयका डा. अम्बर मूर लाई गुथिका अध्यक्ष उत्तम माकःजु तथा प्रथम उपाध्यक्ष बिमल श्रेष्ठले प्रशंसापत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो। प्रथम चरणको कार्यक्रमको अन्त्यमा सो कार्यक्रमका संयोजक डा. कृष्ण कायष्ठले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने गुथिका महानुभाबहरु. स्वयमसेबक, प्रायोजक, कलाकार, सहभागि लगायत सम्पूर्णलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको थियो।

कार्यक्रम औपचारिक रुपमा शुरु हुनु भन्दा अगाडी धिमे बाजाको तालमा लाखे नृत्य गरि कुमारी सहितको खट बोकेर कार्यक्रम स्थल भित्र्याउदा सहभागि सबैले हर्षोल्लासकासाथ स्वागत गर्नुका साथै कार्यक्रमका सहभागिहरुले साँच्चिकै नेवाः जात्रामा आएको अनुभब भयो भनि टिप्पणि गरेका थिए। साथै कार्यक्रम स्थलको प्रबेशद्वारमा राखिएको बिशालकाय अष्ट मंगलको चित्रले कार्यक्रम स्थल जात्रामय बाताबरण भएको थियो। कार्यक्रममा रंजना सैन्जुको टोलीले सिटारमा मंगल धून, गुठिका महिलाहरुको समूहले सामूहिक लोक नृत्य, सृष्टी श्रेष्ठ अमात्यले नेवाः नृत्य तथा डा. आम्बर मूरले चर्या नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको दोश्रो चरणको शुरुमा गुठिका उपाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले समेबजिको महत्वबारे प्रकाश पार्नु भएपछि स्थानिय कलाकारहरुले नृत्य, गीत , सांगितिक प्रहसन नृत्य, कबिता ईत्यादि प्रस्तुत गरेर पाहुनाहरुलाई मनोरन्जन गराएका थिए। कार्यक्रममा त्यहाँ उपस्थित गुठिका संस्थापक तथा आजिबन सदश्यहरुलाई गुठिको ब्यायज तथा स्मारिका प्रदान गरि सम्मान गरिएको थियो भने कार्यक्रम सफल पार्न प्रायोजन गर्नु हुने महानुभाब तथा संस्थाहरुको परिचय सास्कृतिक सचिब राजेन्द्र महर्जनलेदिनुको साथै उहाँहरुलाई हार्दिक धन्यबाद दिनु भयो भने प्रायोजक सबैलाई प्रशंसापत्र तथा स्मारिका प्रदान गरेर सम्मान गरिएको थियो।

कार्यक्रममा प्रायोजकहरुकोतर्फबाट प्लाटिनम प्रायोजक एभरेष्ट रियल्टी लिमिटेड्का संस्थापक मदन के.सी.ले क्यानेडियन नेवाःगुठि क्यानडामा रहेका बिभिन्न सामूदायिक सस्ठाहरु मध्यमा बढि सक्रिय, अनुशासीत र प्रभाबकारी संस्ठा रहेको बताउनु हुन्दै गुठिको अझ बढि बिकास गर्न सबैको सहभागिताहुने किसिमबाट कार्यक्रम गर्दै जानु पर्ने बिचार ब्यक्त गर्नु भयो। सोहि कार्यक्रममा ओन्टारियो प्रान्तका प्रान्तिय सांसद माननिय दीपक आनन्दले प्रशंसा पत्र प्रदान गर्दै संस्कृतिको संरक्षणमा गुठिको ठूलो भूमिको रहेको बताउदै गुठिको कार्यक्रमबाट आफू पनि खुसी रहेको बताउनु भयो।

सोहि कार्यक्रममा बोल्नु हुदै अर्का अतिथि क्यानेडियन मल्टिकल्चर काउन्सीलका अध्यक्ष प्रा. डा. तुल्सी धरेलले नेपालको नेवार सस्कृति र खानाको प्रबर्द्दन तथा संरक्षणमा गुथिले महत्वपूर्ण भूमिका खेल्दै आईरहेको बताउनु भयो ।क्यानेडियन मल्टिकल्चर काउन्सीलको बिभिन्न कार्यक्रममा गुठिको सक्रिय सहभागिताले एशियाली मुलुकका समुदायहरु बिच नेपालको प्रतिस्ठा बढदै गएको बताउनु भयो।

सोहि कार्यक्रममा गुठि युवा समूहका कृस्टिना कायष्ठ तथा प्रतिक प्रधानले अष्टमंगल एबम भर्च्युयल आर्ट ग्यालरी बारे प्रकाश पारेका थिए भने युवा समूह द्वारा सचालित भर्च्युयल आर्ट ग्यालरी मार्फत नेवाः सम्पदाको एनिमेसन गरिएको चलचित्रले युबाबर्गको साथै सहभागिहरु सबैको ध्यान आकर्षित गरेको थियो। जसमा खुल्ला चित्रकला प्रतियोगिता गरि प्रदर्शन गर्नुको साथै प्रदर्शनी अबलोकनकर्ताहरुको मत अनुसार उत्कृस्त कलाकारहरु रिचा तिम्सीना , जेनिथ प्रधान लगायतलाई पुरस्कार प्रदान गरिएको थियो। सो कार्यक्रम संगै नेवाः समूदायले दैनिक जीबन तथा रितिरिवाजमा प्रयोग रिने सामाग्री तथा नेवाः संगितका बाजाहरुको प्रदर्शनीले पनि कार्यक्रममा उपस्थित सबैले प्रशंसा गरेका थिए। कार्यक्रममा पाहुनाहरुलाई “ह्याउँबाला” (रातो कपडाको तूल पट्टी) तथा लड्डु प्रदान गरेर स्वागत गरिएको थियो भने पछि समेबजि खाजाको रुपमा खुवाईएको थियो।

प्रतिक्रिया