१५ वर्षपछि गायक नबिन के. भट्टराई अमेरिका सांगेतिक टुरमा — ह्यारिसबर्गमा भव्य सांगेतिक कार्यक्रम हुने

इनेप्लिज २०८२ मंसिर ४ गते ७:३३ मा प्रकाशित


नेपाली आधुनिक संगीतका अग्रणी गायक तथा लाखौँ श्रोताको मन मस्तिष्कमा बस्न सफल गायक नबिन के. भट्टराई १५ वर्षपछि अमेरिकन टुरमार्फत पुनः आफ्ना प्रशंसकबीच प्रत्यक्ष उपस्थित हुन लागेका छन । क्यानडा टुरको सफलतापछि नबिन के. भट्टराइ अब अमेरिकाको विभिन्न राज्यमा आयोजना हुने साँझ पख युस टुर अभियानअन्तर्गत ह्यारिसबर्ग शहरमा विशेष लाइभ कन्सर्ट प्रस्तुत गर्ने भएका छन ।

आगामी डिसेम्बर २०, शनिबारका दिन H-MAC, Harrisburg Midtown Arts Center, Pennsylvania मा आयोजना हुने उक्त कार्यक्रमलाई स्थानीय नेपाली समुदायले उच्च उत्साहका साथ प्रतिक्षा गरिरहेका छन ।

गायक नबिन के. भट्टराइले आफ्ना सदाबहार गीतहरू जस्तै— आँखामा तिमीलाई, साझँपख एकान्तमा, रात बित्यो हेर तिमीलाई सम्झेर, तिमीले हेर्दा कसैलाई, सायद तिमी नै दिलको धडकन, डर लाग्छ तिम्रो मेरो साथ छुटेने हो की, तिमीलाई म दोबाटोमा अब चाही कुर्ने छैन तथा पछिल्ला सदाभार चर्चित गीतहरू सहित ब्यान्ड The Atripta सँगै स्टेजमा प्रस्तुत हुनेछन ।


यो कार्यक्रमको मुख्य आयोजक 7200 Entertainment रहेको कुरा आयोजक बिशाल ढुँगानाले बताउनु भयो । उनले विदेशमा नेपाली संगीत, कला र मनोरञ्जनको पहिचान मजबुत बनाउन सक्रिय रुपमा विभिन्न कलाकारहरु बोलाएर कार्यक्रमहरु गर्ने गरेका छन त्यसैअनुरुप आयोजक 7200 Entertainmentले यो टुरलाई विशेष रुपमा तयारी गर्दै आएको छ।

यस अमेरिकन टुरको सम्पूर्ण व्यवस्थापन तथा समन्वय E–Peak Entertainment र Everest Entertainment ले सम्हालिरहेका छन । जसले कलाकार, कार्यक्रम, प्राविधिक आवश्यकता तथा टिकटिङ्ग प्रणाली लगायत सबै पक्षको व्यवस्थापन गर्दै आएका छन ।

यस कार्यक्रमको टाईटल स्पोन्सर Druk Homecare Services, LLC – Care & Help Home Care Agency रहेको छ भने मूख्य प्रायोजक- Iron Valley Real Estate – Central PA Representative Yadhu Dhital रहेको छ तथा सह–प्रायोजकहरुमा – Ishu Hair Salon, Guras Spice House, Royal Beer Express, Fresh Mart -Eat Fresh, Live Fresh रहेका छन ।


कार्यक्रम यही डिसेम्बर २०, २०२५, शनिबार, H-MAC, Harrisburg Midtown Arts Center -Pennsylvania हुनेछ ।
समय आयोजकद्वारा चाँडै सार्वजनिक गरिनेछ भनी विशाल ढुंगानाले जानकारी दिनुभयो । कार्यक्रम सम्बन्धी केही जानकारी चाहिएमा अथवा कार्यक्रमलाई प्रायोजन गर्न चाहनुहुन्छ भने 616-419-9893 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया