जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनमा वृहत रक्तदान कार्यक्रम सम्पन्न 

इनेप्लिज २०८२ मंसिर १ गते २२:२४ मा प्रकाशित

१५ नोभेम्बर २०२५,न्युयोर्क क्विन्स।

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनमा न्यूयोर्क क्विन्सस्थित उडसाईड्समा रहेको आफ्नै कार्यालय हातामा न्युयोर्क ब्लड सेन्टरसँग सहकार्य गरी एक वृहत रक्तदान कार्यक्रम अपेक्षित रुपमा सम्पन्न भयो। विहान ११ बजे शुरु भएको सो कार्यक्रम साँझ ६ बजेसम्म निरन्तर जारी थियो। अनलाईनमार्फत ९२ जनताले सहभागीताको लागी स्वीकृति लिएकोमा विविध कारणवश केही उपस्थित हुन नसकेको र केही महानुभावहरुको स्वास्थ्यजाँचका शीलशीलामा सफलता हुन नसक्दा ६१ जना महानुभाव हरुले अत्यन्त उत्साहित भै स्वस्फुर्त रक्तदान गर्न सफल हुनुभएको थियो। भनिन्छ एकजनाले गरेको एक पीन्ट स्वच्छ (५०० मिलीलीटर) रगतले ३ जनाको रगत अभावको कारणले जोखीममा परेको ज्यान जोगाउन सकीन्छ। यो महादान र जीवनदान पनी हो।यसै महान मानवीय कार्यलाई शिरोधार्य गर्दै जिपीके फाउन्डेशन अमेरीकाले यो कार्यक्रम गर्न प्रेरीत भएको हो।

फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरे र कार्यसमितिका पदाधिकारीहरु क्रमश: राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, सुर्य सिंमखडा, फुदोमा शेर्पा, हिरा तामाड॰ एवं स्वयंसेवकहरु क्रमश: शेखर कार्की, टेक कार्की, लाक्पा जी शेर्पा, आड॰तुला शेर्पा गुरुड॰, डा. रमेश चित्रकार लगयत बिहान शुरुदेखीनै कार्यक्रम चरणबद्ध रुपमा सफलपार्न लागीपरेका थिएभने न्युयोर्क ब्लड सेन्टरका आबद्द कर्मचारी एवं स्वास्थ्यकर्मीहरु उत्साहपुर्ण रुपमा क्रमशः लामबद्द रक्तदाताहरुलाई सेवा दिईरहेका थिए।न्युयोर्क ब्लडसेन्टरको बातानुकुलीत र सम्पुर्ण सुविधासम्पन्न विशेष प्रकारको वसमा रहेका ४ वटा बेडवाट एकैसमयमा ४ जनाले रक्तदान गरी कार्यक्रम निरन्तर सुचारु गरीएको थियो।सहभागीको नामदर्ता,खाजा नास्ता,फलफुल एवं जल, चियापानमा स्वयंसेवीहरुको भुमीका मननीय थीयो। सेवा नै धर्म हो भन्ने मुलमन्त्र साथ न्युयोर्क ब्रोन्स्क निवासी समाजसेवी दम्पति रविन बज्राचार्य र श्रीमती प्रोफेसर शर्मिला शाक्यले रक्तदातालाई फलफुल र अण्डा को प्रायोजन गर्नुभै पुण्यकर्म गर्नुभएको थियो।यसैगरी टेस्ट अफ नेपाल, न्यु नेपाली मम क्याफे लगायत नेपाली रेष्टुरेन्टका संचालक रेखा श्रेष्ठ र हरी पुन महानुभावहरुले खाना प्रायोजन गरी आफ्नो समाजसेवी अग्रणी भुमीका प्रस्तुत गर्नुभएको थियो भने नेपाल आमा सोसाईटी अफ हेल्पीगं ह्याण्डस र अध्यक्ष शर्मीला सेरचन ले १५० जनालाई जुस प्रायोजन गरी पुण्य कार्य गर्नु भएको थियो।

फाउन्डेशनका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री फाउन्डेशनका तर्फवाट रक्तदान कार्यक्रम संयोजकको भुमीकामा खटीनुभएको थियो।सो कार्यक्रममा एनआरएनए अमेरिकाकी सचिव लक्ष्मीथापा, कम्युनिटी नेता एंव छाया सीडीसीका कम्युनिटी डईरेक्टर उर्गेन शेर्पा, क्विन्स रोटरी क्लबका अध्यक्ष कर्मा लामा, सुदुर पश्चिम समाज अमेरिकाका पुर्व अध्यक्ष एंव सल्लाहाकार राम बाहादुर देउवा लगायतले रक्तदान गरी कार्यक्रम आयोजकलाई संस्थाको तर्फबाट यो पुण्य कार्यको लागी धन्यवाद दिनुभएको थियो भने न्युयोर्क च्याप्टरका अध्यक्ष्य वाशु लामीछाने उपस्थित भै रक्तदातालाई हौसला प्रदान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो।

यसैगरी न्युयोर्क सिटी मेयरको कार्यालयबाट दक्षिण एसियाली सम्पर्क निर्देशक शुकरानी धनपत, न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालयबाट सामुदायिक सम्पर्क अधिकारी Michael Hsieh,, NYC Comptroller elect Mark Levine’s transition team member and district leader Dilip Nath, United Nations Religious Committee Secretary General H.H. Dileepkumar Thankappan, International Museum of Saree Founder President Ashwini Persaud, Famous International Saraangi player Ustad Kamal Sabri, पाकिस्तानी अमेरिकन सोसाईटीका नेता अनवर मोहम्मद, फेत फाईनेनसियलकी ऐन्सी मथाई, एनआरएनए-आई सिसिका नेता समाजसेवी नविन सेरचन लगायतहरुको उपस्थित रहेको थियो।

फाउण्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेले आफुहरुले कोरोना कहरदेखी हालसम्म सयौं कार्यक्रमहरु सफलतापुर्वक गर्दै आएको र रक्तदान कार्यक्रम प्रथमपटक गर्नलाग्दा कहीँकतै अपेक्षीत सफलता र लक्ष्यअनुसार गर्नपो सकिंदैंनकी भनी चिन्तीत रहेकोमा आफुले सोचेभन्दा अझै उत्साहपूर्ण सहभागितामा कार्यक्रम भव्यतासाथ सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहभागी एवं सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उपाध्यक्ष शुवर्ण लामाले गिरीजा वावुको भनाई लाई स्मरण गर्दै, सहमती, सहकार्य र एकता आजको आवश्यकता भएको र हामी प्रवासमा बसेर प्रथमत यॅंहाका मानिसहरुलाई के कसरी सर सहयोग गर्न सकिन्छ, सेवा नै धर्म हो भनेर हामीले बिभिन्न कार्यक्रम गर्दै आएको र आजको रक्तदान समाजमा एक उदाहरणीय कार्यक्रम भएको जिकीर गर्नु भयो।

फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले आफुलगायत फाउन्डेशन परीवारले न्युयोर्क ब्लड सेन्टरसँग कार्यक्रमको टुंगो लगाएपछी निरन्तर समाजका ईच्छुक र योग्य रक्तदाता महानुभावहरुसँग सम्पर्क र संवाद गरी खटीनुको परीणाम नै आजको रक्तदान वृहतरुपमा सम्पन्न हुनु हो भन्दै आगामी दिनहरुमा पनी फाउन्डेशनले समाजका लागी मानवीय कार्यमा अझ सकृय भुमीका निर्वाह गर्नेकुरा प्रष्ट पार्नुभयो।

आजको रक्तदान कार्यक्रमका संयोजक ध्रुव कुँवर क्षेत्रीले गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाको प्रथम पटक रक्तदान कार्यक्रम भव्य र सभ्य रुपले सफलता पुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबै रक्तदाताहरु, स्वयंसेवकहरू, विभिन्न संघसंस्थाका अध्यक्षज्युहरु तथा प्रतिनिधिहरू, प्रायोजकहरू, पत्रकारहरु र फाउण्डेशनका साथीहरुलाई धन्यवाद एवं आभार प्रकट गर्नु भयो।

प्रतिक्रिया