
भारत र अस्ट्रेलियाबीचको टी-२० क्रिकेट शृंखलाको पाँचौँ खेल वर्षाका कारण रद्ध भएको छ। यससँगै, भारतले यो पाँच खेलको शृंखला २-१ ले जितेको छ।
आज, शनिबार ब्रिसबेनको गाबा मैदानमा भएको पाँचौँ टी-२० खेलका लागि भारतको टोलीमा तिलक वर्माको ठाउँमा रिङ्कु सिंहलाई मौका दिइएको थियो।
शृंखलामा भारतले राम्रो प्रदर्शन गरे पनि उनीहरूले आफ्नो पूरै क्षमता भने अझै देखाउन सकेका छैनन्। शुभमन गिल र सूर्यकुमार यादव (कप्तान) जस्ता खेलाडीले लगातार उत्कृष्ट प्रदर्शन गर्न नसकेको एनडिटिभीले जनाएको छ । एनडिटिभीले जनाए अनुसार जसप्रित बुमराहले राम्रो प्रदर्शन गरे पनि आफ्नो स्तरको प्रदर्शन गर्न बाँकी नै रहेको छ।
अस्ट्रेलियाले शृंखलामा कहिले राम्रो गरि रहेको छ भने कहिले कमजोर प्रदर्शन गरि रहेको छ । भारतको टोलीमा अभिषेक शर्मा, शुभमन गिल, सूर्यकुमार यादव (कप्तान), रिङ्कु सिंह, जितेश शर्मा (विकेटकीपर), वासिङ्टन सुन्दर, शिवम दुबे, अक्षर पटेल, अर्शदीप सिंह, वरुण चक्रवर्ती तथा जसप्रित बुमराह रहेका छन् ।
यस्तै अस्ट्रेलियाको तर्फबाट मिचेल मार्श (कप्तान), म्याथ्यू सर्ट, जोस इंग्लिस (विकेटकीपर), टिम डेभिड, जोस फिलिप, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, बेन ड्वारशुइस, जेभियर बार्टलेट, नाथन एलिस तथा एडम जाम्पा रहेका छन् ।
प्रतिक्रिया