ड्यालस एभरेष्ट लायन्स क्लबको १४ औँ प्रतियोगितात्मक कविता संगोष्ठी सम्पन्न ,कवि बासु पुष्पा अधिकारी प्रथम घोषित

इनेप्लिज २०८२ असोज २७ गते २३:५० मा प्रकाशित

युलेस, टेक्सस अक्टोबर १३, २०२५ । सन् २००३ को मार्चमा नेपालीहरुद्वारा स्थापित ड्यालस एभरेष्ट लायन्स क्लबले सन् २०१२ देखि बर्षेनी दशैँ तिहार शुभकामना आदान-प्रदान तथा प्रतियोगितात्मक कविता गोष्ठी कार्यक्रम संचालन गर्दै आएको छ । यस पालीको कार्यक्रम हिजो नेपाली मन्दिरको सभाकक्षमा भव्य रुपमा सम्पन्न भयो ।

हिजोको कविता वाचन कार्यक्रममा प्रतियोगी तथा अप्रतियोगी गरि जम्मा १६ जना कबिहरुको सहभागिता थियो ।

भाग लिने कविहरुमा प्रवासी सुमन, भगवती पौडेल, शैलेश आचार्य, बासु पुष्पा अधिकारी, धनन्जय ढकाल, लीला श्रेष्ठ, प्रकाश पाण्डे, दिनेश ज्ञवाली, योजना पन्त उप्रेती, कुमार तामांग, निर्मला राई, शम्भु प्रसाद उप्रेती, बाल जोशी, शान्ति अधिकारी, डा. शेखर पण्डित तथा राधाकृष्ण काफ्ले हुनुहुन्थ्यो ।

निर्णायक मण्डलमा रहनु भएका ड्यालस-फोर्टवर्थका स्थापित नेपाली स्रष्टाहरु बैकुण्ठराज आचार्य, डा. शिलु न्यौपाने घिमिरे, डा. युबराज भट्टराई ले पुरष्कारको लागि कविताको चयन विषयवस्तु, मौलिकता, सौन्दर्य, शैली, लय-प्रवाह, प्रस्तुति तथा समग्र प्रभावको आधारमा गरिएको जानकारी दिनु भयो ।

निर्णायक मण्डलमा रहनु भएका ड्यालस-फोर्टवर्थका स्थापित नेपाली स्रष्टाहरु बैकुण्ठराज आचार्य डा. युबराज भट्टराई, डा. शिलु न्यौपाने घिमिरे, प्रतियोगितामा बासु पुष्पा अधिकारी प्रथम, प्रकाश पाण्डे द्वितीय, भगवती पौडेल तृतीय तथा धनन्जय ढकाल र लीला श्रेष्ठले सान्त्वना पुरष्कार प्राप्त गर्नु भएको थियो ।

पुरष्कृत कविहरुलाई लायन्स इन्टरनेसनल डिष्ट्रिक-२ एक्स १ का पूर्व गभर्नर लायन राधाकृष्ण काफ्ले तथा , जोन चियर लायन मीना क्षेत्रीले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक-२ एक्स १ का बर्तमान गभर्नर लायन केदार तिमिल्सिना, पूर्व जोन चियर लायन थलराज पन्त, ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्षहरु खेमराज बास्तोला, शिब काफ्ले लगायत ड्यालस-फोर्टवर्थका नेपाली साहित्यप्रेमीहरुको उल्लेखनीय सहभागिता थियो ।

बाँयाबाट क्रमस: ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष शिब काफ्ले, डा. शिलु घिमिरे न्यौपाने, ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष तथा कविता संगोष्ठीका कोओर्डीनेटर / संचालक लायन शशी भट्टराई

कार्यक्रम संचालन बिगत १४ बर्ष देखि कविता संगोष्ठीका कोओर्डीनेटरको रुपमा कार्यक्रमलाई निरन्तरता दिनु हुने ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष लायन शशी भट्टराईले गर्नु भएको थियो ।

प्रतिक्रिया