MoNSU द्वारा आयोजित देउसी–भैलो कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न!

इनेप्लिज २०८२ असोज २६ गते १०:३८ मा प्रकाशित

स्टर्लिंग, भर्जिनिया— ११ अक्टोवर २०२५, वाशिङ्टन डिसी

आदर्श नेपाली समाज USA (MoNSU) द्वारा नेपाली स्कुल संचालन सहयोगार्थ आयोजना गरिएको देउसी–भैलो कार्यक्रम अत्यन्तै भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चिरन्जीवी लामिछानेले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष आरती सिग्देल र पूर्व विद्यार्थी येगेशी भुसालले संयोजन गर्नुभएको थियो।

कार्यक्रममा समुदायका अभिभावक, शिक्षक, कलाकार, नानी–बाबु, तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रह्यो।

कार्यक्रमको सुरुवात नेपाली स्कुलकी शिक्षिका लक्ष्मी लामिछानेले नेपाली स्कुलका विद्यार्थीहरूसँग मिलेर नेपाली र अमेरिकी राष्ट्रिय गानबाट गर्नुभएको थियो। त्यसपछि उहाँले प्रस्तुत गर्नुभएको साँस्कृतिक नृत्य प्रदर्शनमा अध्यक्ष चिरन्जीवी लामिछानेले साथ दिनुहुँदा हलमा रमाइलो र उत्साहपूर्ण वातावरण सिर्जना भएको थियो।

साँस्कृतिक प्रस्तुतिहरूमा करुणा पोखरेल, सरिता वाग्ले, मेरिसा पौडेल, परी बास्तोला, एरिका बराल, श्रीयुक्ता घिमिरे, गीता सिग्देल, दीपशिका मैनाली, प्रदीप ढकाल लगायतका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुतिहरू प्रदर्शन गरे।

त्यसैगरी, बिना गेलाल समूहले ‘संगिनी गीत र नृत्य’ प्रस्तुत गर्दा हल झन् झिलिमिली बनेको थियो।

विविध साँस्कृतिक कार्यक्रमहरू, नृत्य, गीत तथा स्वादिष्ट नेपाली परिकारहरूले कार्यक्रममा थप रौनकता ल्याएको थियो।

कार्यक्रमको सफलतामा MoNSU कार्यसमिति, शिक्षकवृन्द, स्वयंसेवक तथा सम्पूर्ण पदाधिकारीहरूको सक्रिय योगदान उल्लेखनीय रह्यो।

समापन कार्यक्रममा MoNSU अध्यक्ष श्री चिरन्जीवी लामिछानेले सबैको तर्फबाट उपस्थित सम्पूर्ण समुदाय सदस्य, स्वयंसेवक, सहयोगी संस्था तथा कलाकारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।उहाँले विशेष धन्यवादका रूपमा इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापाले कार्यक्रमको लाइभ प्रसारण मार्फत देश–विदेशमा रहेका नेपालीहरूलाई यो सांस्कृतिक माहोलमा सहभागी गराउनुभएको योगदानका लागि कृतज्ञता व्यक्त गर्नुभयो।

त्यसैगरी, ANSH प्रतिनिधिहरूलाई पनि कार्यक्रमको सफल सञ्चालनमा पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।

अध्यक्ष लामिछानेका अनुसार —

“आजको कार्यक्रमले हाम्रो नेपाली कला, संस्कृति र समुदायिक एकताको सुन्दर प्रदर्शन गरेको छ। सबैको माया, साथ र समर्थनले हामी अझ प्रेरित भएका छौं।”

प्रतिक्रिया