अमेरिकामा नेपाली मूलका बालबालिकाले दसैं सँगै सिक्दैछन् संस्कृति र पहिचान (फोटो फिचर)

इनेप्लिज २०८२ असोज १७ गते १०:५३ मा प्रकाशित

अमेरिकामा रहेका नेपालीले यस वर्ष पनि दसैं पर्व धुमधामका साथ मनाएका छन्। यस अवसरमा विशेषगरी नेपाली मूलका बालबालिकाले टीका जमरा ग्रहण गर्दै परम्परा, संस्कार सिक्ने अवसर पाएका छन्।बालवालिकाहरु आफ्नो परिवार र समुदायसँगै बसेर टीका लगाउन, ठूलाबाट आशीर्वाद लिन, सानालाई माया गर्दै आशिर्वाद दिन दसैंको दिन आतुर भए । नेपाली भेषभूषाका पोशाक लगाएर अभिभावकसँगै दुर्गा भवानीको पूजा, आशीर्वाद स्वरूप टीकाजमरा ग्रहण गर्ने प्रथा, परिवारजनबीचको एकता र सम्बन्धलाई गाढा बनाउने संस्कार सिकिरहेको देखिन्छ।

दसैं पर्वले अभिभावकलाई मात्र होइन, बालबालिकालाई पनि आफ्नै नेपाली संस्कृति र पहिचानसँग जोड्ने पुलको काम गरेको अभिभावकहरू बताउँछन्। बालबालिकाले नेपाली भाषामा आशीर्वाद सुन्ने अवसर समेत पाएका छन्।

अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली संघसंस्था र समुदायले सामूहिक रूपमा पूजा–पाठ, टीका–जमरा वितरण, सांस्कृतिक कार्यक्रमले बालबालिकालाई केवल पर्वको मजा मात्र नभई आफ्नो कला, भाषा र संस्कृतिप्रति गर्व गर्ने भावना पनि जगाएको छ।

प्रत्येक नेपाली मूलका अभिभावकले बालबालिकालाई आफ्नो मौलिक संस्कार निरन्तर सिकाउन सक्यौं भने बहुसांस्कृतिक समाजमा हुर्किँदा पनि उनीहरूले भविष्यमा “हामी नेपाली हौं” भन्ने गर्विलो पहिचान जोगाइराख्न सक्छन् ।

प्रतिक्रिया