
डलास, टेक्सासमा सम्पन्न १४ औं गोर्खाज कप सफलतापूर्वक सम्पन्न भएको छ। यस पटकको प्रतियोगितामा कुल २३ हजार अमेरिकी डलर नगद पुरस्कार वितरण गरिएको आयोजकहरूले जनाएका छन्।
प्रतियोगिताको ओपन समूहमा गोल्ड बस्टर एफसी विजेता बने भने ३५ वर्षमाथि समूहमा बेलायतको बेडफोर्ड यूके युनाइटेडले उपाधि हात पारेको छ।

समापन समारोहमा नेपाल महिला राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी तथा यस वर्षकी मुख्य अतिथि सुश्री तुल्सा सिंहलाई विशेष सम्मान प्रदान गरिएको थियो। आयोजक समिति तथा डलास गोर्खाज कलेजले हरेक वर्षझैँ यो परम्परा निरन्तरता दिएको हो।
आयोजकहरूले सहभागी टिमहरू, प्रायोजक, समर्थक तथा स्वयंसेवकलाई धन्यवाद दिँदै ग्रेपभाइन नगरपालिकाले उपलब्ध गराएको खेल मैदानले प्रतियोगिता सफल बनाउन ठूलो सहयोग पुर्याएको बताएका छन्।
अर्को संस्करण १५ औं गोर्खाज कप २०२६ सेप्टेम्बरमा आयोजना हुनेछ ।

प्रतिक्रिया