बानाको आयोजनामा इन्टर-स्टेट पुरुष र महिला भलिबल प्रतियोगिता हुने

इनेप्लिज २०८२ असोज ३ गते १:३० मा प्रकाशित

मेरिल्याण्डको बानाको आयोजनामा इन्टर-स्टेट पुरुषर महिला भलिबल प्रतियोगिता हुने भएको छ। आगामी सेप्टेम्बर २६ र २७ मा हुने उक्त प्रतियोगिताको आन्तरिक तयारी तीव्र गतिमा भइरहेको कुरा कार्यक्रम संयोजक हृदय के.सी ले बताए ।

मेरिल्याण्ड,जहाँ नेपालबाट आएका धेरै नेपालीहरूको बसोबास छ, त्यहाँ हरेक वर्ष विभिन्न संस्थाले खेलकुद र सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। यसै क्रममा बानाले यो वर्षबाट पुरुष महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बानाका बोर्ड अफ डाइरेक्टर प्रवीण लामाले बताए।

प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया खुला गरिएको छ,जसको अन्तिम मिति सेप्टेम्बर २४ सम्म तोकिएको छ। पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको फारवेष्टर्नले भलिबललाई प्राथमिकता दिनुको कारणबारे संस्थाका सदस्य तथा समाजसेवी निमा तामाङ्ग भन्छन्, “हाम्रो कार्यसमितिको लक्ष्यनै खेलकुद प्रतियोगिता आयोजना गर्ने थियो। बाल्टिमोरमा भलिबल प्रतियोगिता हुन नसकेको अवस्थामा हामीले छलफल गरी सेप्टेम्बर अन्तिम साता यो आयोजना गर्ने निर्णय गरेका हौँ।”

प्रतियोगितामा सहभागी हुन एक हजार डलर दर्ता शुल्क तोकिएको छ भने महिलाको लागी निशुल्क गरिएको गरिएको कुरा बानाका महासचिव सलिन बस्नेतले बताए।अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली भलिबल टिमहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ। ५ औ पटक आयोजना हुने यो प्रतियोगिताको मुख्य चुनौती प्रायोजक जुटाउनु रहेको भए पनि त्यो क्रमश समाधान हुँदै गएको बानाका बोर्ड अफ सदस्य प्रवीण लामालेबताए।

प्रतियोगिताको विजेताले पुरुष दश हजार डलर र उपविजेताले ६००० डलर पुरस्कार प्राप्त गर्नेछन्।दुईदिने प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ।आयोजकले करिब १८ टिमको सहभागिता हुने अनुमान गरेको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३०,००० डलर खर्च हुने अनुमान छ। यसका लागि विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी प्रदान गरिएको ब्रेजश महर्जनले बताए।प्रायोजकहरू जुट्ने क्रम जारी रहेको आयोजकले यो प्रतियोगिताले नेपाली समुदायबीच खेलकुद र एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बानाका सदस्य प्रवीण लामा ले बताए।

प्रतिक्रिया