टंक दाहाल लगायत माथी पुन धम्की

इनेप्लिज २०८२ भदौ ३० गते २२:२४ मा प्रकाशित

सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भइरहेकाधम्की र आक्रमणबारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA) ले गम्भीर ध्यानाकर्षणजनाएको छ। महासंघले विशेषगरी आफ्नो महासचिव टङ्क दाहाललाई खुलेआम सामाजिकसञ्जालमा धम्की दिइएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल रोकथाम र दोषीमाथिकडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ,अमेरिका (Federation of International Journalist, America) का अध्यक्ष रामप्रसाद खनाल द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -सञ्चारकर्मीर सञ्चार माध्यम माथि भएको आक्रमणको पनि निन्दा र भर्त्सना गर्दछ।

देशको चौथो अङ्ग पत्रकारिता, पत्रकार र सञ्चार माध्यममा सूचना र सञ्चारको हक संविधानप्रदत्त अधिकार हो, त्यो नेपालको सन्दर्भमा मात्र होइन विश्वव्यापी मान्यता पनि हो। समाचारलेख्दै गर्दा वा बोल्दै गर्दा कसैलाई धम्की दिनु र आक्रमण गर्नु निन्दनीय छ। यस संस्थाअन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका, Federation of International Journalist, America (FIJA) का महासचिव टङ्क दाहाललाई सामाजिक सञ्जालमै खुल्ला धम्की दिएकोघटना निकै गम्भीर ध्यानाकर्षण गर्ने खालको छ। त्यो खेदजनक छ र निन्दनीय छ।

यी र यस्ता धाक धम्की प्रति हामी नेपाल सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदैयस्ता कदम तुरुन्त रोक्न र दोषीलाई कडा कारबाही गरी र कानुनको दायरामा ल्याउन आग्रहगर्दछौं। साथै सारा पत्रकार साथीहरू र राष्ट्रिय-अन्तर्राष्ट्रिय समुदायलाई पनि यसमा आवाजउठाइ स्वतन्त्रताका लागि समर्थन जनाइदिनु हुन अनुरोध गर्दछौं। अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका, Federation of International Journalist, America (FIJA) पत्रकारिता, पत्रकार र सञ्चार माध्यममा हुने कुनै पनि ज्यादतीका विरुद्ध सधैं डटेर प्रतिरोध गरिरहनेप्रतिवद्धता व्यक्त गर्दछ।” – विज्ञप्तिमा भनिएको छ ।

केशव आचार्य,इनेप्लिज संवाददाता

प्रतिक्रिया