रिचमण्डमा नेपालको आन्दोलनमा दिवगंतहरु प्रति द्वीप प्रज्वलन

इनेप्लिज २०८२ भदौ २५ गते ११:०२ मा प्रकाशित

भर्जिनियाको राजधानी रिचमण्डमा नेपालको आन्दोलनमा दिवगंत जेन जी युवाहरू प्रति श्रद्धाञ्जलि र नेपालमा शान्ति स्थापनाको कामना गर्दै सामुहिक रूपमा द्वीप प्रज्वलन गरिएको छ । नेपाली कम्यूनिटी अफ रिचमन्ड भर्जिनिया(एनसीआरभीए)को आयोजनामा मंगलवार साँझ सो कार्यक्रम गरिएको हो ।

करिब डेढसय नेपालीको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष चन्द्र मल्ल,महासचिव सुमन कँडेल,साहित्यकार पशुपति घिमिरे,कवि नारायण अधिकारी,डा डिल्ली भुर्तेल,इन्द्र खनाल आदिले मन्तव्य प्रकट गरेका थिए ।

प्रतिक्रिया