
भर्जिनियाको भलिबलप्रेमी युवाहरूको साझा क्लब नोभा नाइट्स (HNKVC) द्वारा आयोजना गरेको भलिबल टुर्नामेंट हर्षोल्लासका साथ सम्पन्न भएको छ। कार्यक्रम फेयरफ्याक्स शहरको खुला मैदानमा सम्पन्न भएको थियो।
यस प्रतियोगिताले नेपाली दाजुभाई तथा दिदी वहीनीहरुमा थप आत्मियता सहअस्तित्व एवं भाईचारा प्रवर्दन गर्ने आयोजक नोभा नाइट्सका संचालकहरु बताउछन्।

हिमालयन फ्री क्लिनिक संस्थाको सहयागार्थ यो कार्यक्रम आयोजना गरिएको क्लवकाअध्यक्ष मौसम राईले बताए। गणेश गिरी, उद्वव प्याकुरेल , पिताम्वर मुखीया मनोज रेग्मी अनिल भट्टराई, अभिनव जंग जोसी लगायतको क्लवका जिम्मेबार युवाहरुको अतुलनिय ब्यबस्थापननै यो कार्यक्रमको सफलताको कारक रहेको आयोजक बताछन्।

६ टिम सहभागी भएको एक दिवसिय प्रतियोगिता HNKVC-team Red ले जीत्न सफल भएको थियो भने Rred team का कप्तान अनिल भट्टराईले MVP प्राप्त गर्न सफल भएका थिए।

यस क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगीता यो तेस्रो वर्ष हो।

कार्यक्रमको उद्घाटन हिमालय फ्री क्लिनिकका संस्थापक प्रमुख मन्जु कार्की संग्रौला द्वारा गरिएको थियो भने समापन अमेरिका भ्रमणमा रहेका युवा नेता मनोजमणी आचार्यले खेलाडीहरुलाई ट्रफी,मेडल बितरण गरेका थिए।
प्रतिक्रिया