नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २५औँ वार्षिकोत्सवको अवसरमा शान्ति प्रार्थना

इनेप्लिज २०८२ भदौ ८ गते १२:२३ मा प्रकाशित

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (NECC) को २५औँ वार्षिकोत्सवको अवसरमा नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टर (NECC) ले अमेरिका नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (ANPBDS) संग सहकार्य गर्दै विश्व शान्ति प्रार्थना पूजा आयोजना गरेको छ । यस प्रार्थना पूजालाई venerable खेनपो पेम छिरी शेर्पा तथा अन्य नौ जना लामाहरूले (बौद्ध भिक्षुहरू) विश्व शान्तिको कामनाका लागि नेतृत्व गरेका थिए ।

यस कार्यक्रममा पिट्सबर्ग, ह्यारिसबर्ग, पेरी हल र पुल्सभिलबाट आएका लामाहरू सहभागी भएका थिए भने करिब १४० देखि १५० जनासम्म भक्तजनको उपस्थिति रहेको थियो । ध्यान, प्रवचन र तीन सत्र पूजा सम्पन्न गरिएको यस अवसरमा नगद र खाद्य सामग्रीका दर्जनौँ योगदानहरू प्राप्त भए । कार्यक्रमलाई सफल बनाउन स्वयंसेवकहरूको ठूलो संख्यामा सक्रियता रहेको थियो ।

ईनेपाली र अन्य सामाजिक सञ्जालमार्फत फेसबुक लाइभ प्रसारण गरिएको यस कार्यक्रममा नास्ता र प्रसाद वितरण गरिएको थियो । बुद्ध जयन्तीदेखि करिब तीन महिनादेखि तयारी भइरहेको यो पूजामा राजीव श्रेष्ठले फोटोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको संयोजन प्रवीण ताम्राकारले गर्नुभएको थियो । साथै, टि–शर्ट बिक्री, दियो प्रज्वलन, बुद्ध पोडियम इँटा अभियान, पुस्तक तथा खादा बिक्री समेत गरिएको थियो ।

प्रतिक्रिया