अनेसास अफ्रिकाको नयाँ कार्यसमिति चयन 

इनेप्लिज २०८२ साउन २६ गते १९:२९ मा प्रकाशित

नैरोबी , केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , अफ्रिका महादेशीय च्याप्टरको आज सप्पन्न तेस्रो साधारणसभाले  केन्याका कृष्णदत्त भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले गठन गरेको छ । 

कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा गाेपर्मा (तान्जानिया),  महासचिवमा रामचन्द्र राई (आर.सी. राई) (सेसेल्स),कोषाध्यक्षमा  तिर्सना कोइराला (रुवाण्डा), सचिवमा भरत रिजाल (नाइजेरिया) र  सदस्यहरुमा सागर भण्डारी (केन्या),  गंगा बस्याल (केन्या),महेन्द्र भट्टराई (सेसेल्स) , बिकास सुवेदी (घाना) , युनेश घिमिरे (क्यामरुन) र गायत्री कुलुङ (सेसेल्स) चयन भएका छन । त्यसै गरि सल्लाहकार समितिमा इजिप्टका लागि नेपाली राजदूत   सुशील  कुमार लम्साल , हिक्मत थापा , गणेश खडका , कुल कार्की र मनोज विक रहनु भएको छ ।

अधिवेशनमा आरसी राईले गत कार्यकालको प्रगती विवरण र तिर्सना कोइरालाले आर्थिक विबरण प्रस्तुत गर्नु भएको थियो । 

अनेसास अन्तर्राष्ट्रिय समितिका सल्लाहकार हिक्मत थापा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा  अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष गणेश खडका विशिष्ट अतिथि रहनु भएको थियो । 

कृष्णदत्त भट्टको सभापतित्वमा संचालन भएको अधिवेशनले समितिको वार्षिक प्रकाशन ” किलिमन्जारो ” नियमित प्रकाशन गर्ने र अनेसासको प्रथम अफ्रिका साहित्य सम्मेलन आयोजना गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया