तुम्लिङटारमा निर्वाचन आयोग

इनेप्लिज २०८३ असार १३ गते २२:२२ मा प्रकाशित
( डि पी ढुंगेल )

विराटनगर : खादबारी नगरपालिका — ९ स्थित मनकामना रत्न अम्बिका मा वि तुम्लिङटार संखुवासभा का माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई एक दिने निर्वाचन विषय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगर को प्राविधिक सहयोग तथा विज्ञद्वय कोशी प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख युवराज गुरागाई र शाखा अधिकृत चोलाराज दंगाल ले विद्यार्थीहरूलाई सहजीकरण गर्नुभएको जनाइएको छ। आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम अनुसार कोशी प्रदेश निर्वाचन कार्यालयले १४ वटै जिल्लामा विद्यार्थी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो !

यस अघि मोरङ झापा इलाम सुनसरी धनकुटा भोजपुर उदयपुर लगायतका जिल्लाहरूमा विद्यार्थी मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । फर्जी मत बदरमत मतदाता नामावली संकलन मतदाता परिचयपत्र निर्वाचन आचार संहिता निर्वाचनमा दलहरूको भूमिका निर्वाचनमा आम जनताको भूमिका लोकतन्त्रको भावना र मर्म लगायतका विषयमा विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो। विद्यार्थीहरूबाट लोकतन्त्रमा दलहरूबीचको भिन्नता पारदर्शिता जवाफदेहिता जिम्मेवारी बहुदलीय व्यवस्था लगायत विषयमा विद्यार्थीहरूले विज्ञलाई जिज्ञासा राखेका थिए। कार्यक्रमले आगामी निर्वाचनमा बदर मतको सङ्ख्या घटाउने निर्वाचनमा जन सहभागिता जनसमुदायबाट वृद्धि हुने निर्वाचन आचार संहिता पालना हुने विश्वास गरिएको छ । भोजपुरको अरुण गाउँपालिकास्थित महेन्द्रद्वय मा वि मा अभिमुखीकरण सम्पन्न भएको जनाइएको छ।लोकतन्त्रमा आवधिक निर्वाचनलाई लोकतन्त्रको गहना मानिन्छ ।

प्रतिक्रिया