
जीवन विज्ञानका सुप्रतिष्ठित आध्यात्मिक श्रद्धेय भानु गुरुदेव तथा श्रद्धेय रमेश गुरुदेव हाल अमेरिकाको भ्रमणमा हुनु हुन्छ । दुवै गुरुदेवलाई भ्याई नभ्याई भएको छ । समय व्यवस्थापन गर्दै प्रशिक्षणको साथै स्थानीय स्तरमा पनि महत्वपूर्ण रुपमा भेटघाटलाई जारी राख्न सफल हुनु भएको छ ।
उहाहरुसंग जीवन बिज्ञानका टोलीमा प्रेम श्रेष्ठ, शिव लामिछाने ,लोक नाथ तिवारी ,मधु पन्थी ,राम चन्द्र खरेल ,प्रभा देउजा भट्टराई लगायत साथमा छन् । बिशेष व्यक्तित्वहरुलाई तारताम्य मिलाउने र संयोजन गर्ने प्रभा देउजा भट्टराईले गर्नु भएको हो । द्वय गुरुदेवहरुले हालै अमेरिकामा एक अविस्मरणीय शान्ति र ऊर्जा चेतना अभियान सम्पन्न गर्नुभयो।

उहाँहरूले भर्जिनियाको मनासस पार्क प्रहरी चौकीका उच्च प्रहरी अधिकारीहरूसँग भेट गरी, तनावमुक्ति, आन्तरिक सन्तुलन र आत्मिक रूपान्तरणका लागि ऊर्जामा आधारित ध्यान विधिहरू प्रस्तुत गर्नुभयो। उच्च जोखिम र दवावमा काम गर्ने प्रहरी अधिकारीहरूको मानसिक स्वास्थ्यलाई सम्बोधन गर्दै, गुरुदेवहरूले आत्म-संयम र शान्तिको अभ्यास अनिवार्य भएको स्पष्ट पार्नुभयो।
विशेष रूपमा ममता काफ्ले भट्ट प्रकरणमा संलग्न एक प्रहरी अधिकृतले ममताको नाम अंकित बैजनी बाला लगाएको देख्दा वातावरण अत्यन्तै भावुक भयो । सहानुभूति र एकताको त्यो क्षण सबैका हृदयमा गहिरो प्रभाव पार्ने खालको रह्यो।

त्यसपछि, जीवन विज्ञान प्रतिनिधिमण्डलले भर्जिनिया राज्यका प्रतिष्ठित सिनेटर श्रीनिवासनसँग गरेको भेटमा ऊर्जामूलक ध्यान, सचेत श्वासप्रश्वास र आध्यात्मिक चेतना विस्तार बारे गम्भीर र भावनात्मक संवाद भयो।
भर्जिनिया राज्यका सिनेटर श्रीनिवासनले गहिरो समर्थन जनाउँदै “सद्गुरु भानु शर्मा र रमेश नेपाललाई, शिक्षा, आत्मविकास र सामाजिक जागरणमा पुर्याएको वैश्विक योगदानको लागि भर्जिनिया सिनेट सम्मान गर्दछ।” भन्दै प्रशंसा पत्र प्रदान गर्नुभयो ।

त्यसैगरी अमेरिकी सुहास सुब्रमण्यमसँग डिसी स्थित संसद भवनमा सम्पन्न बैठकमा आध्यात्मिक स्वास्थ्य र ध्यान-संस्कृतिमा आधारित संसदिय पहल को प्रस्तावसम्म छलफल पुग्यो।
अमेरिकी सांसदले पनि गुरुदेवप्रति गहिरो सम्मान प्रकट गर्दै आधिकारिक प्रशंसा पत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया