
न्यूजर्सीको मेटलाइफ रंगशालामा भएको फिफा क्लब विश्वकप भकुण्डोको अन्तिम खेल चेल्सीले पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई ३-० ले पराजित गर्दै बिजेता बनेको छ। एपीका यो खेल हेर्न ८१,११८ जना दर्शक उपस्थित थिए, जुन यस प्रतियोगितामा सबैभन्दा धेरै हो।
रंगशालाको क्षमता ८२,५०० रहेकोले यो लगभग पूर्ण भरिएको थियो।
चेल्सीका लागि कोल पाल्मरले खेलको पहिलो ३० मिनेटभित्रै दुई गोल गरे। उनले पीएसजीको रक्षापंक्तिलाई छलाउँदै दुई सुन्दर प्रहारमार्फत गोल गरेका थिए। पहिलो मध्यान्तरको अन्त्यतिर, ४३ औं मिनेटमा जोआओ पेड्रोले गोलकिपर जियानलुइगी डोनारुम्माको माथिबाट उत्कृष्ट प्रहार चेल्सीलाई ३-० को अग्रता दिलाए।
खेलको ८५ औं मिनेटमा पीएसजीका जोआओ नेभ्सले रातो पत्र (कार्ड )पाएर मैदानबाट बाहिरिए। खेल सकिएपछि मैदानमा केही तनावपूर्ण दृश्यहरू देखिए। पीएसजीका प्रशिक्षक लुइस एनरिक खेलाडी जोआओ पेड्रो र गोलकिपर जियानलुइगी डोनारुम्माबीच केही भनाभन भएको एपीले समाचारमा उल्लेख गरेको छ । पछि विवाद छुट्याइएको थियो।
चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले डोनारुम्मालाई विवादबाट टाढा लगेका थिए।
प्रतिक्रिया