
राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार फिफा क्लव बिश्वकप भकुन्डोको अन्तिम खेल( फाइनल ) आज न्यूजर्सी खेल हेर्न जाने भएको एपिले जनाएको छ ।
यो खेलले उनलाई उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा अर्को वर्ष हुने विश्वकप भकुन्डोको स्वाद दिनेछ।
राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प न्यू जर्सीस्थित आफ्नै गल्फ क्लबबाट ४० माइल टाढा रहेको पूर्विय रथरफोर्ड मा जान लागेका छन्।
उनीहरू मेटलाइफ रॅगशालामा आयोजना हुने पेरिस सेन्ट -जर्मेन र चेल्सी बीचको अन्तिम खेल हेर्न जान लागेका हुन्।
राष्ट्रपति ट्रम्पले यस वर्ष पद सम्हालेयता अधिकांश यात्रा खेलकुद कार्यक्रममै केन्द्रित गरेका छन्।
सिविएस समाचारका अनुसार उनी यसअघि अमेरिकी भकुन्डो अर्थात सुपर बाउल (न्यु अर्लिन्स), डेयटोना ५०० कार दौड (फ्लोरिडा), UFC खतरनाक युएफसी भिडन्त (मायामी र न्यु जर्सी), र एनसिएए कुस्ती प्रतियोगिता (फिलाडेल्फिया) मा पनि सहभागी भइसकेका छन्।
फीफाका अध्यक्ष जियानी इनफेन्टिनोसँग ट्रम्पको राम्रो सम्बन्ध रहेको छ भने उनले अर्को वर्ष हुने विश्वकप भकुन्डो प्रतियोगिताका धेरै खेलहरूमा सहभागिता जनाउने घोषणा गरिसकेका छन्।
प्रतिक्रिया