
भकुण्डो खेल जगतमा बिश्व कै शीर्ष तथा प्रख्यात खेलाडी लियोनेल मेस्सीले अमेरिकाको एमएलएसमा लगातार पाँचौं खेलमा दुई-दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन्। गत शनिबार इन्टर मायामीले नास्भिललाई २–१ ले हराउँदा मेस्सीले फेरि दुई गोल गरे।
अर्जेन्टिनी कप्तान मेस्सीले पहिलो र दोस्रो मध्यान्तरमा एक–एक गोल गर्दै एमएलएसको शीर्ष गोल गर्ने सूचीमा नास्भिलका साम सुरिजसँग बराबरी गर्दै १६ खेलमा १६ गोल पुर्याए।
मेस्सीले यो लगातार पाँच खेलमा दुई–दुई गोल गरेका छन् जुन गत मे महिनामा मन्ट्रियल र कोलम्बस विरुद्धको जितबाट सुरु भएको थियो। त्यसपछि क्लब वर्ल्ड कप खेल्न गएका मेस्सीले चार खेलमा एक गोल गरेका थिए। फिर्ता आएपछि उनले फेरि मन्ट्रियल, न्यू इंगल्याण्ड र नास्भिल विरुद्ध पनि दुई–दुई गोल गरे।
शनिबार, फ्लोरिडाको फोर्ट लडरडेलमा खेलको १७ औं मिनेटमा मेस्सीले पहिलो गोल गरे। दोस्रो मध्यान्तरको सुरुमै नास्भिलका हानी मुक्तारले बराबरी गरे। तर ६२ औं मिनेटमा मेस्सीले निर्णायक गोल गरे।
प्रतिक्रिया