‘विश्व भूटानी हिन्दू संगठन’ द्वारा ओहायो स्थित ( ॐ सेन्टर दिव्यधाम ) 4270 State Route 309 Galion , OH मा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । विश्वशान्ति ज्ञानमहायज्ञको ऐतिहासिक धार्मिक अनुष्ठान जो आगामी १६ देखि २३ जुलाई२०२५ सम्म हुनगईरहेको छ त्यस अन्तर्गत दोस्रो विद्वत् धर्म सभामा अमेरिका , क्यानेडा ,न्यूजिलेन्ड रअष्ट्रेलिया आदि विभिन्न देशबाट धेरै विद्वान / विदुषी हरु आउनुभएको थियो उक्त अवसरमा , तुंगनाथ उपाध्यायलेतयार पार्नुभएको बहुप्रतिक्षित् संगीतमय श्री विष्णु दिव्य सहस्रनाम स्तोत्रम्को कोशेली विद्वान गुरु पण्डितत्रय श्री धनपति भट्टराई, श्री हरि फूयाँल र श्री हरि विनोद अधिकारीहरु द्वारा तुंगनाथकै यू एस ए भक्ति ,युटुब च्यानलबाट मार्फत् सार्वजनिक गरिएको थियो ।
उक्त अवसरमा विभिन्न वक्ताहरुले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो । साथै आफ्नै स्वर र संगीतको भक्तिमय कोशेली लोकार्पण गर्ने सर्जक तुंगनाथले G B H O र संगठनका कार्यकर्ता लगायत मार्गदर्शन गराउने गुरूहरूलाई धन्यवाद प्रदान गर्नुभएको थियो । हाम्रो बुझाईमा नेपाल , भारत बाहिर रेकोर्ड गरिएको यति लामो संगीतमय संस्कृत स्तोत्र सायद यो नै पहिलो हो – यहाँहरुले पनि उक्त श्री विष्णु दिव्य सहस्रनाम स्तोत्रम् को संगीतमय प्रस्तुति लाई सुनेर , बालबालिका हरुमा प्रेरणा जगाउँदै , आफन्तजनलाई सेयर गर्दै आफ्नो अमूल्य सूजाव सर्जकलाई साथ दिनुहुनेछ भन्ने तुंगनाथ को अपेक्षा छ ।
विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।
प्रतिक्रिया