इरानले आणविक हतियार बनाउने कुनै प्रमाण छैन: पुटिनको दावी, इरानमा ४३० को मृत्यु , ३,५०० जना घाइते

इनेप्लिज २०८२ असार ७ गते ११:२५ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानले आणविक हतियार प्राप्त गर्ने कुनै मनसाय नभएको कुरा इजरायललाई ‘पटकपटक’ जानकारी गराएको बताएका छन्।

शनिबार स्काई न्यूज अरेबियासँग कुरा गर्दै उनले भने, “रुस वा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (निकाय) कसैसँग पनि इरानले आणविक हतियार प्राप्त गर्न तयारी गरिरहेको कुनै प्रमाण छैन वा कहिल्यै थिएन।”

पुटिनले अगाडी भने ,रूस इरानलाई शान्तिपूर्ण आणविक कार्यक्रम विकास गर्न सहयोग गर्न तयार छ, र इरानलाई त्यसो गर्ने अधिकार रहेको बताए।

इरानको सरकारी सञ्चारमाध्यमले शनिबार जनाए अनुसार, इजरायली हमलामा इरानमा हालसम्म कम्तिमा ४३० जनाको मृत्यु भएको छ र ३,५०० जना घाइते भएका छन्। इरानको जवाफी हमलाबाट इजरायलमा मृत्यु हुनेको संख्या २४ नै रहेको छ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले इजरायलको इरानमाथिको हमलामा अमेरिका “पहिलो दिनदेखि नै” संलग्न रहेको आरोप लगाएका छन्। एनबिसीन्यूजका अनुसार यसको जवाफमा, अमेरिकी विदेशसचिव मार्को रुबियोले नौ दिन अघि इजरायलको इरानमाथि भएको प्रारम्भिक हमलामा अमेरिका “संलग्न नभएको” बताएर आफूलाई अलग्याउने प्रयास गरेका थिए।

प्रतिक्रिया