चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै इजरायल र इरानबीचको जारी द्वन्द्वका लागि एउटा प्रस्ताव अघि सारेका छन्। संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले यस प्रस्तावबारे विस्तृत जानकारी दिएका छन्।
यस प्रस्तावमा युद्धविरामलाई प्रवर्द्धन गर्ने र शत्रुता अन्त्य गर्ने कार्यलाई तत्कालको प्राथमिकताका रूपमा लिइएको छ। साथै, नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको अडान पनि यसमा संलग्न गरिएको फक्सन्यूजले जनाएको छ ।
चीनले वार्ता र कूटनीतिलाई “अगाडि बढ्ने मौलिक मार्ग”भन्दै जोड दिएको छ, र शान्तिको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रयासहरू “अत्यावश्यक” रहेको पनि उल्लेख गरेको छ।
कङ्गले चीन, पाकिस्तान र रूसले आयोजना गरेको शुक्रबारको सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति सीको प्रस्तावलाई पुनः दोहोर्याएका थिए। यो प्रस्ताव मध्यपूर्वमा शान्ति र स्थिरता ल्याउने दिशामा चीनको सक्रिय कूटनीतिक पहलको एक हिस्सा हो।
प्रतिक्रिया