इराकमा रहेका अमेरिकीहरूलाई सतर्क रहन अमेरिकी दूतावासको आग्रह

इनेप्लिज २०८२ असार ७ गते ९:२५ मा प्रकाशित

इराकस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई इराकको यात्रा नगर्न र यदि देशमै छन् भने ठूला जमघटहरूबाट बच्न आग्रह गरेको छ। इरानले इराकमा रहेका अमेरिकी स्वार्थहरूलाई निशाना बनाएपछि यो आग्रह आएको हो।

अमेरिकी विदेश मन्त्रालयले इराकका लागि चौथो स्तरको “यात्रा नगर्नुहोस्” सल्लाह जारी गरेको छ । अर्थात् कुनै पनि कारणले इराकको यात्रा नगर्न भनिएको छ।

दूतावासले इराक यात्रा गर्नैपर्ने अमेरिकीहरूलाई ठूला जमघट र भीडबाट बच्न, आफ्नो घुम्तीयन्त्र प्रभरण (फोन चार्ज )राख्न, र आफन्तहरूलाई आफ्नो अवस्थाको बारेमा जानकारी गराउन सल्लाह दिएको छ। साथै, सूचना र सावधानहरू प्राप्त गर्न तथा विदेशमा आपतकालीन अवस्थामा पत्ता लगाउन सजिलो होस् भनेर स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम अर्थात् यात्री दर्ता कार्यक्रममा दर्ता गर्न पनि सुझाव दिएको छ।

अमेरिकीहरूलाई आपतकालीन अवस्थाका लागि योजना तयार पार्न पनि प्रोत्साहित गरिएको छ।

प्रतिक्रिया