धनगढी , जेठ २२ । नेकपा एमालेको बैचारिक संस्था मदन भण्डारी फाउण्डेशन कैलाली जिल्लाको चौथो जिल्ला अधिवेशन जेठ २३ गते धनगढीमा हुने भएको छ ।
नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन कुमार भण्डारीले प्रतिपादन गर्नु भएको बहुदलिय जनवादलाई व्यवहारवादमा प्रयोग गर्र्ने र मदनका विचारलाई जनतामाझ स्थापित गर्ने मूल उद्देश्यका साथ मदन भण्डारी फाउण्डेशनको स्थापना गरिएको हो ।
कैलाली जिल्लाको चौथो र एतिहासिक रुपमा सम्पन्न हुन लागेको सम्मेलनको उद्धघाटन नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भटट्ले गर्नुहुने कुरा मदन भण्डारी फाउण्डेशन कैलालीका अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिनु भएको छ ।
कैलाली जिल्ला १२६ वडाबाट एक एक जना प्रतिनिधी र १७ जना आयोजक समितिका पदाधिकारीहरु जिल्ला अधिवेशनमा सहभागि हुने कुरा जिल्ल अध्यक्ष जोशीले जानकारी दिनु भएको छ ।
धनगढी स्थित होटल डिभोटीमा उद्धघाटन हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी भैसकेको कुरा जिल्ला अध्यक्ष रामचन्द्र जोशीले बताउनु भएको छ । अधिवेशनका लागि प्रतिनीधिहरु ध्नगढी आउनेक्रम जारी रहेको र कार्यक्रमको उद्धघाटन दिनको १२ बजे हुने जोशीले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया