ट्रम्प प्रशासन राष्ट्रिय सुरक्षा परिषदमा ठूलो परिवर्तनको तयारी ,वाल्ट्जको प्रस्थानपछि नयाँ योजना सार्वजनिक

इनेप्लिज २०८२ जेठ ११ गते १०:१४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश सचिव मार्को रुबियोले राष्ट्रिय सुरक्षा परिषदलाई पुन: संरचना गर्दै यसको मुख्य कार्यहरू विदेश बिभाग तथा रक्षा बिभागमा स्थानान्तरण गर्ने योजना बनाएका छन्। यस कदमले संघीय निकायलाई सानो बनाउने ट्रम्पको लामो अवधिको रणनीतिलाई अघि बढाउनेछ।

यो निर्णय माइक वाल्जले राष्ट्रिय सुरक्षा परिषद प्रमुख पदबाट राजीनामा दिएर संयुक्त राष्ट्रसंघको राजदूतका रूपमा मनोनयन गरिएपछि आएको हो।

ट्रम्प प्रशासनले एनएससि भित्रका दीर्घकालीन कर्मचारीहरू “ब्युरोक्रेटिक” कर्मचारीतन्त्र भएको र ट्रम्पको कार्यसूचीसँग मेल नखाने भन्दै परिषद् सानो पार्ने तयारीमा रहेको बताइएको छ। उपराष्ट्रपति जे.डी. भ्यान्सका राष्ट्रिय सुरक्षा सल्लाहकार एन्डी बार्कर र राष्ट्रपति नीति सल्लाहकार रोबर्ट गेब्रियललाई नयाँ उप सल्लाहकारका रूपमा नियुक्त गरिनेछ।

एक श्वेत सदन अधिकारीले बताए अनुसार, यो परिवर्तन ट्रम्प र रुबियोको ‘डीप स्टेट’ अर्थात् छायाँ सरकार विरुद्धको प्रयास हो। अधिकारीले एक्जोसलाई भने, “ एनएससि नै डीप स्टेट(छायाँ सरकार )को केन्द्र हो। अब यो मार्को बिरुद्ध छायाँ सरकार हो। हामी छायाँ सरकारलाई हटाउँदैछौं।”

पूर्व एनएससि र विदेश बिभागका अधिकारी एन्ड्र्यु टेबलरका अनुसार, मार्को रुबियो “ऊर्जावान” छन् र दुई वटा जिम्मेवारी (विदेश बिभाग र एनएससि सुधार नेतृत्व) सहजै सम्हाल्न सक्नेछन्।

मार्च महिनामा यमन हुथी विद्रोहीमाथिको सम्भावित आक्रमण योजनाबारे ‘सिग्नल च्याट’ नामक अनुप्रयोग (एप )मा देखिएको विवादमा वाल्ट्ज, रक्षा सचिव पिट हेगसेथ लगायतका अधिकारीहरू संलग्न थिए। यो वाल्ट्जको बहिर्गमन पछि भएको हो।

यस परिवर्तनले ट्रम्प प्रशासनको २०२५ को सुरक्षानीति र सरकारी संरचना सुधारतर्फको दृष्टिकोण झल्काउँछ।

प्रतिक्रिया