मेरिल्याण्ड – केही समय अगाडी मात्रै गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको हायात होटेलमा मे ५ मा भएको महाधिवेशनमा महेश कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन टुंग्याएको हो।
यस महाधिवेशन भए लगत्तै अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि एकता अधिवेशन गर्ने भन्ने बारे विभिन्न स्थानहरुमा चर्चा परिचर्चा हुन थालेको छ । यसै अनुरुप मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष किरण पण्डित चुनावी मैदानमा सहभागी हुने भन्ने चर्चा आउन थालेको छ ।
नेपालमा लामो समय कानुनी व्यवसायमा संलग्न पण्डित बिगत ७ बर्ष देखी परिवारका साथमा अमेरिकामा बस्दै आएका छन् । उनी २०२१ मा राजु पराजुलीको नेतृत्वमा बोर्ड अफ नेपालको सदस्यमा अत्यधिक मत ल्याएर बिजयी भएका थिए ।
यस्तै २०२३ मा कुल गुरुङको नेतृत्वमा मेरिल्याण्ड च्याटरको उपाध्यक्ष पनि अत्यधिक मत ल्याएर बिजयी भएका थिए ।
उनी हाल शैक्षिक तथा सामाजिक सेवामा निरन्तर सक्रिय भएर काम गरिराखेका छन् ।उनले आपसी समझदारी, समावेशिता र साझा उत्तरदायित्व भएमा एनआरएनएलाई एउटा बलियो संगठन बनाउन सकिने हुनाले एकता अधिवेशनमा आफु अध्यक्ष पदको प्रत्यासी भएको बताए ।
पारदर्शी कार्यशैली, समन्वययुक्त सोच र समावेशी दृष्टिकोणमार्फत एनआरएनएको मूल भावना “एकताबद्ध एनआरएनए” लाई अझ सशक्त र सार्थक बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया