पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्र बलुचिस्तानको खुज़दार शहरमा बुधबार एक बिद्यालय गाडी (स्कुल बस)लाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा तीन बालबालिका र दुई वयस्कको ज्यान गएको छ। आक्रमणमा कम्तीमा ३८ जना घाइते भएका छन्।
सरकारी अधिकारी यासिर दस्तीका अनुसार, आक्रमणको लक्ष्य सैनिक कर्मचारीका बालबालिका बोकेको बिद्यालय गाडी (स्कुल बस )थियो। उक्त बस पाकिस्तानी सेनाद्वारा सञ्चालित सैनिक सार्वजनिक बिद्यालयका विद्यार्थी बोकेको थियो।
यो घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। तर पाकिस्तानी सेनाले भारत समर्थित गुप्तचर (एजेन्ट)हरूलाई दोषी ठहर गरेको छ, यद्यपि कुनै प्रमाण प्रस्तुत गरिएको छैन। भारतले यस्ता आरोपहरू अघिल्लो पटक झुटो भएको भन्दै खण्डन गर्दै आएको छ।
बलुचिस्तानमा लामो समयदेखि लगातार पृथकतावादी विद्रोह चलिरहेको छ, जसले राजनीतिक स्वायत्तता र आर्थिक विकासको माग गर्दै आएका छन्।
प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको कडा निन्दा गर्दै यसलाई “कायरतापूर्ण” भनेका छन् । र।,भारतमाथि सेनाको आरोप दोहोर्याएका छन्।
यो हमला त्यस क्षेत्रको अस्थिरता र पाकिस्तान-भारतबीचको चिसोपन झनै चर्काएको छ। केही समयअघि मात्र बलुच विद्रोहीहरूले एक रेलगाडी अपहरण गरी २७ जनाको हत्या गरेका थिए।
यस प्रकारका आक्रमणहरूले पाकिस्तानमा बालबालिकामाथि भइरहेका हिंसात्मक गतिविधिहरू पुनः स्मरण गराउँछन् । सन् २०१४ मा १४५ जना बिद्यालयका बालबालिकाको हत्या र मलाला युसुफजईमाथि २०१२ मा भएको हमला विशेष उदाहरण हुन्।
प्रतिक्रिया