लघु कथा –  बादल

इनेप्लिज २०८२ जेठ ७ गते २२:०९ मा प्रकाशित

नेपालको नजिककैको अरव सागरको दुफानका कारण आकाशमा बादल मडारिएको एक महिना जति नै भइसकेको थियोे । अरबसागरबाट मडारिएको त्यो छालको नामाकरण टाउटे गरिएको थियो ।

टाउटे छालले छिमेकी देश भारतको दक्षिणी भुभाग सहित अन्य भुभाग सखाप पर्दै नेपालतिर छिर्दै थियोे । नेपाल छिरेपछि त स्वभाविक रुपमा आँधीको असरले नेपाली आकाशमा बदलाव त ल्याउँने नै भयो ।

टाउटे जस्तैगरि नेपालमा पनि नाग देवता भुकम्प, कोभिडको समयमा मात्रै होइन, नाकाबन्दी र बाढी पहिरोको समयदेखि नै जस्तैगरि विरामी परेर अस्पताल नै भर्ना हुनु पर्यो। पछि भ्रष्टाचार र कमिसनको चक्कर चलेको बेला पनि टाउको दुखेर सिकिस्तै भएको पनि निकैदिन भएको थियो रे।

टाउटेले सखाप परेझैं आकाशको बादल र गर्जनमा धमिलोपन देखियो भने नाग देवताको मन निकै दुखेको हुन्छ भन्ने चाहिँ त्यो बेलाका साइवर स्यालहरूलाई पहिले नै थाहा रहेछ । तर के गर्दा नाग खुसी हुन्छन भन्ने चाहिँ अझै पत्तो लागेन रहेछ।

जन्मदैको दोष होकी ! भनेर सप्त ऋषिको पुजाआजा गर्न थालेका नागदेवताले गणेशको स्थानको मानमनितो नगरि अष्ट – चिरिन्जिविको पुजा गर्न लागेछन् ।त्यो थाहा पाएर पवन पुत्र हनुमानले बाँदर सेना मगाएर उधुम मचाउदा नागलाई वित्यास परेछ। तर टाउटेको बेला जस्तो क्षति नै चैं भएन रे !

गहिरो सोचमा डुबेका नागराजले संकट मोचन गर्न नारदको संयोजकत्वमा एउटा कार्यदल बनाएर अलि दिनलाई मथर गर्ने विचार गर्दै रहेछन् ।

कमिटी गठन नगर्दै ह्वात्तै चिसो बढेकोले नारदलाई सर्दी लागेछ !

धर्ना कसेर बसेका हनुमानले नागदेवताको छेउमा पुगेर भनेछन् , ” अरब सागरबाट उत्पन टाउटे आँधीले तपाईंलाई पनि सिद्धयाउला है ! विचार पुर्याउनुस् !” भन्दै एक्लै फुत बाँदर सेनाको हुलतिर छिरेछन् ।

सीता ओझा

प्रतिक्रिया