उपन्यासकार घिमिरे खडानन्द–पद्मकुमारी शिक्षा पुरस्कारबाट सम्मानित

इनेप्लिज २०८२ जेठ ५ गते १४:२७ मा प्रकाशित

काठमाडौं । श्री कमला माध्यमिक विद्यालय दुधौली २ सिन्धुलीमा आयोजित एक कार्यक्रमकाबीच उपन्यासकार घिमिरे गजल प्रतियोगितामा प्रथम हुदै खडानन्द–पद्मकुमारी शिक्षा पुरस्कारबाट सम्मानित भएका छन् । उपन्यासकार केशव घिमिरे। विगतका एक दशकदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनले २०७९ सालमा प्रकाशन गरेको “रूपिका“ उपन्यासले अहिले नेपाली साहित्यमा एउटा तरङ्ग पैदा गरेको छ ।

घिमिरेको उपन्यास नवसर्जक साहित्य चौतारी नेपाल हेटौंडाद्वारा आयोजित प्रादेशिक पुरस्कार २०८१ बाट सम्मानित भए लगत्तै उनको कृति अझ एक हाइटमा पुगेको महसुस गर्न सकिन्छ । घिमिरे सानैदेखि साहित्य क्षेत्रमा कलम चलाउँदै आएका हुन् । काठमाडौँको विभिन्न साहित्य संघसंस्थाहरूले रुपिका उपन्यासमाथि परिचर्चा गरिसकेका छन् । जस्तै बनेपामा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोक, मनोहरामा मनहरा साहित्य समाज र नागार्जुन वाङमय प्रतिष्ठानले वैशाखको आउँदो तेस्रो शनिबार रुपिका उपन्यासमाथि परिचर्चा साथै उदयमान प्रतिभा सम्मान २०८२ द्वारा सम्मान गर्ने जनाएको छ । नागार्जुन प्रतिष्ठानका अध्यक्ष दिल पौडेल भन्छन् “नयाँ प्रतिभालाई हामी खोजीखोजी स्थान दिनेछौँ ।“ अन्य काठमाडौँका साहित्यिक संघसंस्थाले रुपिका उपन्यासमाथि परिचर्चा गर्ने जनाएका छन् ।
उपन्यासकार घिमिरे भन्छन् “आफ्नै विद्यालयले यसरी सम्मान गर्दा खुसी लागेको छ । बालकक्षादेखि पढेको विद्यालयले यसरी बोलाएर सम्मान गर्दा धेरै खुसी महसुस गरेको छु, उनले भने, मलाई लाग्या थिएन, यो दिन पनि आउला भनेर । म यस विद्यालयमा पढ्दै गर्दा । तर आज सम्झन्छु, ती दिनहरूलाई जुन दिन मसँग कुनै सपना थिएन । यो सुवर्ण अवसरका लागि आदरणीय गुरु प्रधानाध्यापक संजय तिवारी सर लगायत सम्पूर्ण गुरु, गुरुआमाहरु र सिङ्गो विद्यालय परिवारलाई धेरै धेरै धन्यवाद ।“

विद्यालयका सम्पूर्ण शिक्षकशिक्षिका र कार्यालयमा आबद्ध सम्पूर्ण कर्मचारीहरू अत्यन्तै खुशी देखिन्थे । आफूले उत्पादन गरेको विद्यार्थीलाई आफ्नै विद्यालयमा सम्मान गर्न पाउँदा अत्यन्तै खुसी भएका थिए ।

यसै कार्यक्रममा अर्को एउटा विषय पनि जोडिएको थियो । जसमा प्राध्यापक डाक्टर कृष्णहरि बरालद्वारा संरक्षित शिक्षा पुरस्कार “खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार २०८२“ प्रदान गर्ने कार्यक्रम रहेको थियो । जसमा श्री कमला माध्यमिक विद्यालय भलुवाहिमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका छ वर्षदेखि प्रदान गरिँदै आएको छ । जसमा कक्षा १० मा सर्वोत्कृष्ट नम्बर ल्याई प्रथम हुनेलाई प्रदान गरिदै आएको छ । उपस्थित सम्पूर्ण अग्रज व्यक्तित्व अग्रज साहित्यकार राजनीतिक दलका सम्पूर्ण पदाधिकारीहरू उपस्थित रहेको कार्यक्रम १ बजेदेखि सञ्चालन गरी ५ बजे सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया