इतिहास रच्दै क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई स्तब्ध पार्‍यो, एफए उपाधि जित्यो

इनेप्लिज २०८२ जेठ ४ गते १८:१६ मा प्रकाशित

क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै क्लबको इतिहासमै पहिलो ठूलो उपाधि एफए कप जित्न सफल भएको छ। शनिबार लन्डनको वेम्बली रङ्गशालामा भएको यो ऐतिहासिक जितले दक्षिण लन्डनको टोलीलाई नयाँ उचाइमा पुर्‍याएको छ।

खेलको १६ औँ मिनेटमा क्रिस्टल प्यालेसले आफ्नो आक्रमण मार्फत गोल गर्‍यो। खेलाडी एबेरेची ले उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् ।

सिटीले गोलपछि निरन्तर दबाब कायम राख्यो। पहिलो मध्यान्तर अगाडीको अन्त्यतिर म्यानचेस्टर सिटीलाई पेनाल्टी दिलायो तर ओमार मर्मुशको प्रहारलाई डिन हेन्डरसनले शानदार बचाउ गरे।

मध्यान्तर पछि पनि म्यानचेस्टर सिटीको आक्रमण जारी रह्यो, तर प्यालेसको कडा रक्षापंक्ति र गोलरक्षक हेन्डरसनको उत्कृष्ट प्रदर्शनले सिटीलाई बराबरी गर्न दिएन।

म्यानचेस्टर सिटीका लागि प्रशिक्षक पेप ग्वार्डिओलाको यो सन् २०१६–१७ यता पहिलो कपविहीन मौशम बन्न पुगेको छ। खेलपछि एजेले भने, “यो विशेष क्षण हो, म के भन्नु पनि थाहा छैन।”

प्रतिक्रिया