अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तीन महत्त्वपूर्ण संघीय निकायहरू सार्वजनिक स्रोत, अल्पसंख्यक व्यवसाय, र मध्यस्थता सेवामा सहायता पुर्याउने संस्थाहरू बन्द गर्नबाट रोक लगाएका छन्।
ट्रम्प प्रशासनले सॅग्राहलय तथा पुस्तकालय सेवा संस्थान ,अल्पसंख्यक व्यवसाय विकास निकायएजेन्सी र संघीय मध्यस्थता तथा सम्झौता सेवा बन्द गर्ने निर्णय गरेको थियो।
तर, करिब दुई दर्जन डेमोक्र्याटिक नेताहरूको अगुवाइमा रहेका राज्यहरूले उक्त निर्णयविरुद्ध मुद्दा दायर गरेका थिए ।
जिल्ला न्यायाधीश जोन म्याककोनेल, जो पूर्व राष्ट्रपति बाराक ओबामाका नियुक्त हुन भने उनले मंगलबार उक्त राज्यहरूको पक्षमा फैसला सुनाए।
उनले ट्रम्पको निर्णय अमेरिकी संविधानको शक्तिको पृथकीकरण सिद्धान्तको उल्लंघन भएको बताए।
ट्रम्प प्रशासनका कानुनी प्रतिनिधिहरूले राज्यहरूलाई मुद्दा हाल्ने अधिकार छैन भन्ने तर्क गरे पनि न्यायाधीशले अस्वीकार गरे।
प्रतिक्रिया