सिस्टिन च्यापलको चिम्नीबाट बुधबार साँझ कालो धुवाँ निस्किएको छ, जसको अर्थ हो—१३३ कार्डिनल(उच्च श्रेणीको धर्मगुरु) को पहिलो मतदानले नयाँ पोप( क्याथोलिक धर्मगुरु ) चयन गर्न सकेन।
करिब पाँच दशकयताकै सबैभन्दा बहुप्रतिक्षित प्यापल कन्क्लेव(पोपको चयन गर्न क्याथोलिक धर्मका प्रमुख कार्डिनलहरू एक गोप्य बैठक) मा पोप फ्रान्सिसको निधनपछि भेटिकन शहरमा विश्वभरका क्याथोलिक अनुयायीहरू उपस्थित रहेका छन् ।
पोप फ्रान्सिसको अन्त्यपछि सुरु भएको कन्क्लेव(गोप्य बैठक)मा ७१ देशका उच्च श्रेणीको धर्मगुरुहरू सहभागी रहेका छन्। रोचक कुरा, यो पटक इतिहासमै पहिलोपटक हैटी, म्यांमार, टोंगा, सिंगापुर, र दक्षिण सुडानजस्ता मुलुकहरूले आफ्ना स्थानीय उच्च श्रेणीको धर्मगुरुहरुमार्फत प्रतिनिधित्व गरिरहेका छन्।
गोप्य बैठक (कन्क्लेव)को प्रक्रिया मे ७ तारिखबाट सुरु भएको छ । यो गिर्जाघर (चर्च)को सर्वोच्च नेतृत्व चयन गर्ने गहिरो धार्मिक प्रक्रिया हो, जसको जरा सन् १२७६ यता गाडिएको छ।
सर्वसाधारणको आँखाको केन्द्र सिस्टिन च्यापलको चिम्नीमा रहेको छ । जहाँ कालो धुवाँले असफल मतदान जनाउँछ र सेतो धुवाँले नयाँ पोपको आगमनको संकेत दिन्छ।
यति धेरै दर्शक पहिलो दिनै भेला हुनु दुर्लभ हो । तर पोप फ्रान्सिसको लोकप्रियताले यो सम्भव बनाएको विश्लेषण गरिन्छ। स्थानीय अधिकारीहरूका अनुसार ३०,०००–५०,००० मानिस भेटिकन सिटी(शहर)मा भेला भएका छन्।
कन्क्लेवको दोस्रो दिन (बिहीबार) उच्च श्रेणीको धर्मगुरुहरूले चारपटकसम्म मतदान गर्न पाउनेछन्। मतदान गोप्य रहन्छ । जसले दुई-तिहाइ बहुमत पाउँछ, उसैलाई पोप घोषित गरिन्छ।
युरोपबाट ५३ कार्डिनल (उच्च श्रेणीको धर्मगुरु )छन्, तर यो कन्क्लेव अब युरोपकेन्द्रित नभएर बिश्वव्यापी स्वरूपमा फैलिएको छ । अमेरिकाबाट १० कार्डिनल(उच्च श्रेणीको धर्मगुरु)हरू सहभागी छन्, जसमा न्यूयोर्कका टिमोथी डोलन पनि छन्।
यो ऐतिहासिक छनोट प्रक्रियाले केवल एक नयाँ धर्मगुरु मात्र होइन, क्याथोलिक गिर्जाघरको भावी दिशा निर्धारण गर्नेछ।
प्रतिक्रिया