एनआरएनएको एकता महाधिवेशनद्वारा अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्वाचित

इनेप्लिज २०८२ वैशाख २१ गते १०:०१ मा प्रकाशित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै ६ जना निर्वाचित हुने उपाध्यक्षहरुमा क्रमस सुनिल कुमार साह ,बुद्धि सागर सुवेदी ,खगेन्द्र न्यौपाने , लोकप्रसाद दाहाल ,मनोज कुमार श्रेष्ठ (गोर्खाली) ,विश्वास दीप लिम्बु (तिगेला) र उपाध्यक्ष ( महिला)मा जुनु गुरुङ रहेका छन् ।

यसै गरि महासचिवमा बाबुराम (बीआर) लामा निर्वाचित भएका छन् । ३ जना सचिवहरुमा क्रमस चिन्तामणि सापकोता टङ्कप्रसाद गैरे र तिलक प्रसाद गैरे निर्वाचित भएका छन् भने कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना रहेका छन् ।

महिला सचिवमा देवकी खत्री गुरुङ तथा सह कोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएका छन् । त्यस्तै महिला संयोजक रश्मि थापा तथा युवा संयोजक भीमसेन थापा निर्वाचित भएका छन् ।

यसै गरि एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ ,युरोप क्षेत्रीय संयोजक प्रेमबहादुर गुरुङ ,मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ ,उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली र ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद निर्वाचित भएका छन् ।

एसिया प्रशान्त क्षेत्रीय उप संयोजकमा माधव पोखरेल र मीमबहादुर पुर्जा तथा मध्यपूर्व क्षेत्रीय उप संयोजकहरुमा सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई निर्वाचित भएका छन् ।

उत्तर दक्षिण अमेरिका क्षेत्रीय उप संयोजकहरुमा विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री निर्वाचित भएका छन् । ओसियाना क्षेत्रीय उप संयोजकहरुमा क्रमस राम प्रसाद कँडेल र प्रताप राना निर्वाचित भएका छन् ।

निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया