रूसी आक्रमणले युक्रेनको खार्किभ र जापोरिझियामा आतंक मच्चायो, ५० भन्दा बढी घाइते

इनेप्लिज २०८२ वैशाख २० गते १०:०२ मा प्रकाशित

रूसले शुक्रबार राति युक्रेनको खार्किभ शहरमा गरेको भीषण मानव रहित यान (ड्रोन) आक्रमणमा कम्तीमा ५० जना घाइते भएका छन् । आक्रमणमा ११ वर्षीय बालक समेत परेका छन्। खार्किभका गभर्नर ओलेग सिनेगुबोभले यसलाई “विशाल आक्रमण” भनेका छन् । मानव रहित यान (ड्रोन)हरूले शहरका चार ठाउँमा प्रहार गरेका थिए, जसले घर, भवन र सवारीसाधनमा आगलागी र व्यापक क्षति पुर्‍याएको उनले बताए ।

खार्किभका नगर प्रमुख (मेयर)ले भने अनुसार चार वटा जिल्लाभित्रका १२ स्थानहरूमा विस्फोट भयो। आठ जना अझै अस्पतालमा उपचाररत छन्, जसको अवस्था मध्यम रहेको छ। उद्धारकर्मीहरू क्षति नियन्त्रण र उपचारमा व्यस्त छन् भने तर थप आक्रमणको सम्भावना रहेको चेतावनी दिइएको छ।

त्यसै दिन केही घण्टा अघि रूसले जापोरिझियामा समेत आक्रमण गरेको जसमा २९ जना घाइते भएका थिए ।

यी आक्रमणहरू दोस्रो विश्वयुद्ध स्मृति दिवसका लागि रूसले घोषणा गरेको तीन-दिने युद्धविरामको ठीक अघिल्लो दिन भएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको युद्धविरामलाई “देखावटी” मात्र भएको बताउँदै भने, “मानव रहित यान (ड्रो)नहरूले सैन्य हैन, सर्वसाधारणको घरमा आक्रमण गरे।”

यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमीट्री पेस्कोभले अमेरिकी-प्रस्ताव शान्ति सम्झौताप्रति सहमति जनाए पनि “धेरै जटिल विषयहरू समाधान हुनुपर्ने” बताएका छन्।

जेलेन्स्कीले फेरि अन्तर्राष्ट्रिय समुदायलाई रूसमाथि थप कडा दबाब र प्रभावकारी प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। “प्रत्येक दिन रूसी मानव रहित यान (ड्रोन) युक्रेनी आकाशमा घुमिरहेका छन्, त्यसैले वास्तविक दबाबले मात्रै युद्ध रोक्न सक्छ,” उनले जोड दिए।

प्रतिक्रिया