देश तथा विदेशमा रहनु हुने आदरणीय नेपाली अविभावक ज्यूहरूमा नमस्कार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बाल समिति संसारभर रहनु हुने नेपालीमनहरूलाई नवबर्ष २०८२को हार्दिक शुभकामना व्यक्त गर्दछ । नेपाली भाषा साहित्य र संस्कृतिमा मुलुक भित्र र बाहिर पनि अरू भाषाको प्रभावले गर्दा प्रयोगमा आँच आउन थालेको महषुस भएको छ । भाषा जोगाउनसकै मात्र पहिचान जोगाउन सकिने छ । भाषा भनेको व्यक्तिको समाजको राष्ट्रको पहिचान हो । भाषा भि्त्र अनगिन्ति संस्कृति र सम्पदाहरु लुकेर रहेका हुन्छन् ।
भाषा भनेको कुनै पनि राष्ट्रको प्राण हो । हामीले फेर्ने सास हो । भाषा बिनाको मानिसको कुनै पहिचान हुँदैन । यही कुुरालाई हृृदयंङ्गम गरी हाम्रो भाषा जोगाउँ अभियानमा जुट्नु आवशयक भएको छ । यसको थालनी अनेसास बालसमितिले गरेको छ । प्रवासमा रहेका नेपालीमुलका बालबालिकाहरूलाई नेपाली भाषा बोल्न पढ्न लेख्न सिकउन र प्रेरितको प्रयास हो यो । बालबालिकाहरूलाई कवितावाचन गर्न लगाएर वाचित कवितालाई क्यालेण्डरका रूपमा तयार बनाउने अभियान बिभभिन्न देशमा गरीएको छ । अस्तीमात्र अमेरिकाका बाल बालिकाको कविता क्यालेण्डर र क्यानडाको कविता क्यालेण्डर यहाँहरू समक्षन प्रस्तुत गरेको थिएँ ।
आजको अष्ट्रेलियामा रहेका नेपाली बालबालिकाले लेखेका र वाचन गरेका कवितालाई क्यालेण्डरमा राखी यहाँहरू समक्ष प्रस्तुत गरेका छौँ ।यसकालागि अविभावकज्यूहरूले नानीबाबुहरूलाई कविता लेख्न प्रेरित गर्नु भयो । कार्यक्रममा जोडेर वाचन गर्न सहयोग गर्नु भयो । सबैलाई हार्दिक नमन गर्दछु । क्यालेण्डर छाप्न विज्ञापन र शुभकामना दिएर थुप्रेै नेपाली मनहरूले सहयोग गर्नु भयो । रातदिन खटेर क्यालेण्डर तयार गर्न बालसमितिका सल्लाहकार डाक्टर प्रकाश पौडेल, समितिका सदस्य द्वय बिष्णु घिमिरे र सुदिप श्रेष्ठलेको योगदान अकल्पनिय रहेको छ । क्यालेण्डर छपाईमा शब्दार्थ प्रकाशन र विनय शर्माले बडा मेहनतपूर्वक सहयोग गर्नु भयो । क्यालेण्डरलाई क्यानडामा बिष्णुजीको सहयोग त्यस्तै प्रसंसनिय रहेको छ । यसकार्यमा जुट्ने सबै सबैलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु । खर्च जुटाउन सहयोग गर्नु हुने सबैलाई हार्दिक नमन गर्दै अष्ट्रेलियको बालकविता क्यालेण्डर यहाँ राख्ने अनुमति मागेँ ।
प्रतिक्रिया