“ट्रम्पका दूत स्टीव विटकफ र पुटिनबीच युक्रेन–रुस वार्ता पुनः सुरु गर्ने प्रयासमा तीन घण्टा लामो भेटवार्ता”

इनेप्लिज २०८२ वैशाख १२ गते १८:४२ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका युक्रेन मामिला दूत स्टीव विटकफबीच क्रेमलिनमा प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

तीन घण्टा लामो सो बैठकलाई “रचनात्मक र अत्यन्त उपयोगी” भन्दै पुटिनका शीर्ष सल्लाहकार युरी उशाकोभले पत्रकारहरूलाई जानकारी दिएका छन्। उशाकोभका अनुसार, “यो छलफलले युक्रेन मात्र होइन, अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि अमेरिका र रुसबीचको दृष्टिकोणलाई अझ नजिक ल्याएको छ।”

पूर्व अमेरिकी राजदूत समेत रहेका उशाकोभले भने, “युक्रेनी संकटको सन्दर्भमा मुख्यतया रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे छलफल भयो।”

उनका अनुसार, “राष्ट्रपति पुटिन र ट्रम्पबीच भएको सहमतिअनुसार यो प्रक्रिया सक्रिय रूपमा अगाडि बढाइनेछ।”

यो बैठकले ट्रम्प प्रशासनको शान्तिपूर्ण समाधानतर्फको कूटनीतिक पहललाई बल दिएको मानिन्छ। विटकफ–पुटिन वार्ता रूस–युक्रेन सम्बन्ध सुधारका लागि नयाँ सुरुवात हुनसक्ने आशा गरिएको छ।

प्रतिक्रिया