मस्को, रुस — मस्को बाहिरको बालाशिखा क्षेत्रमा शुक्रबार बिहान भएको गाडी(कार) बम विस्फोटमा रुसी उप-सेनाध्यक्ष लेफ्टिनेन्ट जर्नेल ( रथी)यारोस्लाभ मोस्कालिकको मृत्यु भएको छ।
घटनापछि रुसी अनुसन्धान समितिले हत्या र विस्फोटक तस्करीको अभियोगमा आपराधिक अनुसन्धान सुरु गरेको छ।
रुसी सेनाको जनरल कर्मचारी अन्तर्गत मुख्य सञ्चालन निर्देशनालयका उपप्रमुख थिए।
उनको गाडी विस्फोट भएपछि घटनास्थलमा कारमा भीषण आगलागी भएको सामाजिक सञ्जालमा व्यापक श्रव्यदृश्य( भिडियो ) र तस्बिरहरूमा देखिन्छ।
प्रत्यक्षदर्शी अनुसार विस्फोट ठीक त्यही क्षण भयो जब एक व्यक्ति गाडी तर्फ हिँड्दै थियो।
क्रेमलिनको आधिकारिक सॅजालस्थल(वेबसाइट )अनुसार, मोस्कालिक २०१५ मा युक्रेनका लागि “नर्मन्डी ढॅाचा(फर्म्याट)” वार्तामा रुसी सैन्य प्रतिनिधि थिए। उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२१ मा रथी (लेफ्टिनेन्ट जर्नेल)को दर्जा दिएका थिए।
यो आक्रमण त्यहि दिन भयो जुन दिन राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकॉफ मस्कोमा पुटिनसँग युक्रेनका लागि अमेरिकी शान्ति योजनाको छलफल गर्न आउने कार्यक्रम थियो।
यस्ता विस्फोटहरू पछिल्ला महिनाहरूमा युक्रेन युद्धसँग सम्बन्धित रुसी सैनिक अधिकारीहरूलाई लक्षित गरेर भइरहेका छन्।
यद्यपि, युक्रेनले यो आक्रमणको जिम्मा लिएको छैन।
प्रतिक्रिया