अमेरिकाको भर्जिनिया राज्यको अलेकजेन्ड्रिया शहरमा गत अप्रिल २० का आइतबारका दिन भब्य रुपमा चौथो बिस्का जात्रा मनाइएको छ । जात्रा ल्याम्ह अमेरिका गुठीले आयोजना गरेको उक्त कार्यक्रम अलेकजेन्ड्रिया शहरको एक पार्क(उद्यान)मा गरिएको थियो ।
जात्रा सुरु गर्नु अगाडी प्रारम्भमा गणेश देउतालाई पूजा गरिएको थियो । त्यस पछि बिबिध संस्कृति झल्काउने प्रकारका बालबालिकाका नेवारी लगायत विविध संस्कृति झल्कने प्रकारका बिभिन्न जातजातिकाका गीत तथा नृत्यहरु प्रस्तुति गरिएको थियो ।
यस पटक करिव अढाई दर्जन बालबालिकाहरुले बिबिध संस्कृति झल्काउने भेषभुषा लगाई फेशन शो अर्थात् भेषभूषा प्रदर्शन गरेका थिए । अमेरिका जस्तो देशमा समय व्यवस्थापन गर्दै उनीहरुले धेरै मेहनत गरि बेजोड प्रस्तुति गरे । यो नै मुख्य कार्यक्रम रहेको थियो भने यसलाई राजश्री श्रेष्ठले अथक मेहनत गरि अत्यन्तै सफल बनाएकी थिइन् । भेषभूषाकी परिकल्पनाकार राजश्री श्रेष्ठलाई बिशेष सहयोग समिधा श्रेष्ठले गरेकी थिइन् ।
राजश्री श्रेष्ठले आफ्नो सामाजिक संजालमा यस्तो लेखिन ,यो विशेष दिन मैले बालबालिकाहरूसँग बिताएँ, जसले धेरै मिहिनेत गरेर हामी सबैलाई गर्वित बनाएका छन्। उनीहरू हाम्रो संस्कृतिलाई अँगाल्दै यति राम्रो कार्यमा साथ दिइरहेका देख्दा साँच्चै हर्ष लागेको छ ।
जात्रा , बिशेष प्रस्तुति र विविध संस्कृति झल्काउने भेषभूषा प्रदर्शन हेर्न मेरिल्याण्ड राज्यकी प्रिन्स जर्ज काउन्टीको ग्लेनआरडेनकि नगर प्रमुख क्याशिना ए क्रस प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिइन् । नेवा समुदायले आयोजना गरेको बिस्का जात्रामा देख्दा विविध प्रस्तुति र भेषभुषा देखा आश्चर्य भईन ।
उनले निकै अभिरुचि पूर्ण अवलोकन गरिन । उनले प्रस्तुतिको साथै बिशेष योगदान पुर्याउने व्यक्तित्वको साथै बालबालिकालाई पुरस्कार समेत वितरण गरिन ।
ल्याम्ह अमेरिका गुठीका सभापति पुष्कार प्रजापतिले जात्रा समाप्त पछि सबैलाई धन्यबाद ज्ञापन दिएका थिए । साथै उनले सामाजिक संजाल मार्फत ल्याम्ह अमेरिका गुठीको तर्फबाट सबैलाई आफ्नो सांस्कृतिक, अर्थपूर्ण र सफल उत्सवमा सहभागी भई साथ र सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।
यस वर्षको कार्यक्रम पनि विगतका वर्षहरूको ऊर्जा र आत्मालाई निरन्तरता दिँदै अत्यन्त सफल रह्यो। हाम्रा समर्पित सदस्यहरू, उत्साही स्वयंसेवकहरू, प्रतिभाशाली प्रस्तुतकर्ता, हाम्रा प्यारा नानी–बाबुहरू र उनीहरूलाई साथदिने अभिभावकहरूको माया, मेहनत र जोशले यो उत्सव अझै विशेष बनायो भन्दै प्रजापतिले सामाजिक संजालमा अत्यन्तै खुशी व्यक्त गरेका छन् । साथै उनले कार्यसमिति सदस्यहरू, स्वयंसेवक, सहयोगी, समुदायका सदस्यहरू, प्रायोजकहरू, शुभचिन्तकहरू र सल्लाहकारहरू सबैलाई धन्यवाद दिएका छन् ।
बिभिन्न कार्यक्रम करिव १ बजे देखि सुरु भएको भने सिन्दुर जात्रा करिव ४ :०० देखि सुरु भै करिव १ घण्टा चलेको थियो । सिन्दुर जात्रामा सबैले रथ बोकेका थिए । उपस्थित सबैले बाजा गाजा सहित सिन्दुर यात्रा सहित कार्यकम स्थलकै जंगल वरिपरि परिक्रमा गरिएको थियो । जात्रा ५ :३० बजे सकिएको थियो ।
सिन्दुर जात्रा संगै भर्जिनियामै निर्माण गरेको रथ महिला तथा पुरुषहरुले पालै पालो सँग बोकेका थिए । त्यहाँ उपस्थित भएका अधिकांश नेवा समुदायले परम्परागत लुगाहरु लगाएका थिए । त्यहाँ अभिभावकहरुसंग आएका दोश्रो पुस्ताका बालबालिकाले समेत निकै मनोरंजन गरेका थिए । उक्त जात्रा हेर्न छिमेक राज्यहरुबाट पनि मानिसहरु आएका थिए ।
उक्त जात्रामा धिमे नृत्य ,सांगीतिक प्रस्तुति , पारम्परिक नृत्य लगायत अन्य प्रस्तुति गरिएको थियो । साथै जात्रा उत्सवमा बालबालिकाको मनोरंजनको लागि मुखाकृति चित्रकला(फेस पेन्टिंग) कला तथा शिल्पकला तथा चित्रक्रिया (पेन्टिंग) लगायतको आयोजना गरिएको थियो ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा ८ रात ९ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने ठिमिमा ३ दिन मनाइन्छ । जात्रा बिषेशत भक्तपुरमा तथा धापासि, टोखा र ठिमिमा बार्षिक रूपमा मनाइने पर्व हो ।
स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । विक्रम संवत्अनुसार सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको छ ।
जात्राको ऐतिहासिक पक्षका सवालको सन्दर्भमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको बताईएको छ ।
हाल विभिन्न हल्लाका भरमा उक्त लिंगोमा फहर्राने ‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइएको केही संस्कृतिविद् बताउँछन् ।
इतिहासकारहरु भने ‘बि’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।
प्रतिक्रिया